ठाकुरराम क्याम्पसमा आगजनी , तीन बिद्यार्थी नेता पक्राउ

  • फागुन २६, २०७९ | ३६८ पटक पढिएको | सीमा संदेश
alt

स्ववीयू चुनावलाई लिएर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी गरिएको छ । मतदाता नामावलीको बिषयलाई लिएर विद्यार्थीले शुक्रबार आगजनी गरेका छन् । स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुले शुक्रबार विद्यार्थी कल्याणकोष तथा खेलकुद शाखामा आगजनी गरेका हुन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायतका नेताहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवादका बिषयमा छलफल गरिरहदा विद्यार्थीहरुको एक समूहले विद्यार्थी कल्याणकोष तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाएका थिए ।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको मतदाता नामावलीमा ८सय फर्जि बिद्यार्थीहरु रहेको भन्दै बिद्यार्थीहरुको नेताहरु बिरोध गर्दै आएका थिए ।क्याम्पस प्रशासनले जारी गरेको १० हजार २७२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप छ । क्याम्पस प्रमुख र निर्वाचन अधिृकत लगायतका क्याम्पस पदाधीकारीहरुसंग विद्यार्थी नेताहरुले गरिरहेको बिरोधात्मक छलफलकै बेला बिद्यार्थीहरुको एक समूहले आगजनी गरेको बताइएको छ । विवाद चलिरहेको समयमा विद्यार्थी कल्याणकोष तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई राजीनामा पत्र बुझाएका छन्।

आगलागिबाट फर्निचर एवम केहि आवश्यक कागजहरु जलेका छन् । आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेताहरु सुजित गिरी, शिवम साह र मनिष चौहानलाई नियन्त्रमा लिएको छ । क्याम्पसमा तनाव बढेपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब