कर्मको फल भोग्दै दत्त दम्पती, बैठकमै अश्लील हर्कत गर्ने डीनकी पत्नी पनि भ्रष्टाचार अभियोगमा बर्खास्त

  • चैत ३, २०७९ | ४३४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जुम बैठक चलिरहँदा चियाको गिलास लिएर आएकी महिला कर्मचारीलाई आफूतिर तानेर अश्लील हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बनमा परेका छन् । संयोग नै मान्नुपर्छ, कृषि विकास बैंकमा कार्यरत उनकी पत्नी पनि भ्रष्टाचार अभियोगमा निलम्बनमै छिन् ।

दत्तले मंगलबार स्नातक तहको चौथो वर्षका विद्यार्थीहरूसँग जुममा ओरेन्टेसन कार्यक्रम राखेका थिए । जहाँ ६५ भन्दा बढी विद्यार्थी जुम बैठकमा जोडिएका थिए । जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहेका थिए । दत्त पनि जुम बैठकमा भिडिओ अनम्युट गरेर सहभागी बने ।

अरु सहभागीको भिडिओ म्युट थियो । तर, उनको भिडिओ अनम्युट हुँदा उनी के गरिरहेका छन् भन्ने अरु विद्यार्थीले स्पष्ट देखिन्थ्यो । त्यसैको कारणले पनि दत्तले कार्यालयमा गरेको हर्कत बाहिर आयो । जुम मिटिङ भइरहेको बेला उनले महिला कर्मचारीलाई जबरजस्ती तानेर आफनो काखमा ताने ।

 

जबकी उनको यो हर्कत जुममा जोडिएको ६५ भन्दा बढी विद्यार्थी र दुई प्राध्यापकले देखे । दत्त त्यतिमै रोकिएनन् । महिलालाई तानेर संवेदनशील अंगमा चुम्बन गरेका थिए । सार्वजनिक भिडिओ हेर्दा उनी बैठकमा सहभागी कसैको मतलव नगरी महिलालाई दुव्र्यवहार गर्न व्यस्त देखिन्छन् ।

उनको हर्कत बाहिर आएको छ । उनले कार्यकक्षमै दुव्र्यवहार गरेको पहिलो पटक भने होइन । यसअघि पनि उनीमाथि महिलामाथि दुर्व्यवहार गरेको आरोप लाग्थ्यो र तर आफैँ डीन भएपछि कारबाही कसले गर्ने ?

विश्वविद्यालयलका एक प्राध्यापकका अनुसार यसअघि उनले महिला कर्मचारीलाई कार्यकक्षमै पटक-पटक दुर्व्यवहार गर्दै आइरहेका थिए । तर, उनीविरुद्ध उजुरी गर्दा कारबाही त परको कुरा उल्टै डीनलाई फसाउन लागेको आरोप लाग्ने गरेको थियो ।

यो पनि पढ्नुस् : आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अश्लील हर्कत (भिडिओ)

त्यसैको कारण पनि डीनले पटक-पटक उन्मुक्ति पाउँदै आएका थिए । कारबाही नहुने भएपछि झनै हौसिएको एक प्राध्यापकले बताइन् । यसअघि उनले गरेको हर्कतको प्रमाण विश्वविद्यालयले माग्ने गथ्र्यो । तर, दुर्व्यवहारमा परेको महिलाहरूसँग प्रमाण नहुँदा थप दुर्व्यवहार गर्ने गरेको र उन्मुक्ति पाउने गरेको गुनासो छ ।

उनलाई माओवादी पार्टीको समर्थन रहने र उपकुलपति पनि माओवादी भएकाले गर्दा राजनीतिक संरक्षणमा महिलामाथि जति दुर्व्यवहार गरेपनि जोगिँदै आएका थिए । यसपटक भने दत्तको भिडिओ नै सार्वजनिक भएपछि कृषि तथा वन विश्वविद्यालयले कारबाही गर्न बाध्य भयो ।

विश्वविद्यालयका पदाधिकारीहरू कारबाही गर्ने पक्षमा भने थिएनन् । भिडिओ नै सार्वजनिक भएपछि चौतर्फी दबाबमा विश्वविद्यालयले कारबाही गर्‍यो । उनलाई अन्तत निलम्बनमा राखेर अनुसन्धान गर्न छानविन समिति गठन भएको छ । तर, विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मी भने दत्तलाई बचाउन खोजिरहेका छन् । घटना भएको देख्दा देख्दै सीधै बर्खास्त गर्नुपर्नेमा सत्यतथ्य छानबिन गर्न भन्दै त्यतिन्जेलसम्मका लागि निलम्बनमा राख्यो ।

छानबिनका लागि निलम्बन गर्ने भनेर उपकुलपति रेग्मीले डीनलाई जोगाउन खोजेको आरोप कर्मचारीले लगाएका छन् । भिडिओमा सबै कुरा देखिएको विषयमा छानविन गर्ने भन्नुको आसय जोगाउने रहेको एक प्राध्यापकले बताए ।

स्रोतले भन्यो,‘अश्लील हर्कत गर्ने दत्त माओवादी नेता नै हुन् । माओवादीकै सेवा निवृत्त प्रा.डा. श्रवणकुमार साहको संयोजकत्वमा छानविन समिति बनाइनुले उनलाई चोख्याउने योजना हो भन्ने सहजै बुझ्न सकिन्छ । उपकुलपति रेग्मी पनि माओवादी कोटाबाटै नियुक्त भएकाले यो सबै सेटिङ हो ।’

दत्त पनि माओवादीनिकट छन् । उनी दोस्रो पटक डीनमा नियुक्त हुनुमा माओवादीका शीर्ष नेताको हात छ । कृषि संकायमा रिक्त डीन नियुक्त गर्न ७ जनाको निवेदन परेको थियो । दत्त चौथो नम्बरमा थिए । १, २ र ३ नम्बरका प्रोफेसलाई फालेर चौथो नम्बरमा रहेका दत्तलाई दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा नियुक्त गरियो ।

उनलाई नियुक्त गर्न माओवादी नेताको दबाब थियो । त्यसैको कारण पनि विश्वविद्यालयका पदाधिकारीसँग छलफल नै नगरी सिधै नियुक्त गरियो । अझै पनि उनलाई चोक्ख्याउन भिसी रेग्मी लागि परेका छन् । तर, प्रमाणकै रूपमा भिडिओ सार्वजनिक भइसकेपछि पनि दत्तलाई जोगाउनका लागि छानबिनसमितिको प्रतिवेदन नआउनुजेलसम्मको लागि मात्रै निलम्बन गरिएको छ ।

श्रीमती यसअघि नै निलम्बित

संयोग नै मान्नुपर्छ कृषि संकायका निलम्वित डीन दत्त र श्रीमती शोभाकुमारी दुवै सरकारी जागिरमा थिए । शोभा कृषि विकास बैंकको शाखा प्रमुख थिइन् भने जयप्रकाश कृषि संकायका डीन । उनीहरू एक वर्षको अन्तरालमा पालैपालो आफ्नै कर्मको फल भोग्दै कानूनी फन्दामा परेका छन् ।

श्रीमती शोभाले कर्मको फल भोगिसकेकी छन् भने जयप्रकाश त्यही लयमा पुगेका छन् । शोभाले आर्थिक अनियमितामा सलंग्न भएपछि जागिरबाट हात धुन परेको छ । जयराज पनि यौन दुर्व्यवहारको आरोपमा बर्खास्तमा पर्ने छन् । उजुरी परे जेल जानेछन् । यद्यपि भिडिओमा देखिएकी महिला कर्मचारीले उजुरी गरेकी छैनन् । जयराजले ती कर्मचारीसँग सहमतिमा सम्बन्ध हुने गरेको बताएका छन् ।

यो पनि पढ्नुस् : जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि विश्वविद्यालयका डीन निलम्बित

दत्तकी श्रीमती शोभा गत वर्षको असोजमा निलम्बनमा परिन् । शोभा सरकारी स्वामित्वमा चितवनमा रहेको कृषि विकास बैंकको गुञ्जननगर शाखाकी शाखा प्रमुख थिइन् । शोभालाई आर्थिक हिनामिना गरेको आरोपमा निलम्बन गरियो । बैंकले आर्थिक हिनामिना गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदनले उनीसहित ३ जना दोषी देखिएपछि उनलाई शाखाप्रमुखबाट बर्खास्त गरेको थियो ।

कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले शाखा प्रमुख नै मुख्य दोषी देखिएकाले उनलाई गत वर्ष नै बर्खास्त गरिएको बताए ।

उनले नेपाल प्रेससँग भने,‘ उहाँले ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको पुष्टि हुन आएपछि त्यतिनै बेला बर्खास्त गर्‍यो । उहाँसँगै थप ३ जनालाई पनि हामीले बर्खास्त गरेका थियौं ।’

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब