मधेस सरकारकाे बजेटमा धनुषा कांग्रेसको कार्यालय भवन बन्दै, नीधिले गरे शिलान्यास

  • वैशाख ८, २०८० | ६१३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेटबाट नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण हुने भएको छ ।

जनकपुरधामस्थित कांग्रेसको पार्टी कार्यालय परिसरमै भवन निर्माणको आज एक समारोहबीच शिलान्यास गरिएको छ । काँग्रेस नेता विमलेन्द्र निधीले भवनको शिलान्यास गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालयका लागि आर्थिक वर्ष २०७९/०८० मा तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । यादव नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका थिए ।

उक्त मन्त्रालय मातहत रहेको शहरी विकास तथा भवन मिर्माण विभागले काँग्रेस पार्टी कार्यालयको भवन निर्माण गर्न उपभोक्ता समिति बनाएको छ । स्रोतका अनुसार काँग्रेसले आफ्ना पक्कडका व्यक्तिलाई उपभोक्ता समिति बनाएको हो ।

प्रदेश सरकारको बजेटबाट पार्टी कार्यालयको भवन निर्माण र उपभोक्ता समितिबारे बुझ्न शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख समेत रहेका इन्जिनीयर विनोद यादवसँग सम्पर्क गर्दा हुन सकेन ।

स्रोतका अनुसार प्रदेश सरकारको बजेटबाट एउटा ब्लकमा साढे दुई तल्ले भवन र अर्को ब्लकमा सभा हल निर्माण गरिनेछ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब