काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप आज देशैभरि प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिए ।
‘यही वैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौँ, पौडेलले भनेका छन्, ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’
उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved