मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

  • जेठ २६, २०८० | १,२६१ पटक पढिएको | सीमा संदेश
alt

अत्यधिक गर्मीका कारण मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाइ चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या उत्पन्न भएको छ । खास गरी धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा यो समस्या देखिएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको बताइन्छ ।

जनकपुरधाममा ४५० फिटमा जडान भएको चापाकलमा पनि पानी आउन बन्द भएपछि सर्वसाधारणहरू थप समस्यामा परेका छन् । जनकपुरधामको वडा नं २ शिव चोकका अशोक दासले अहिले चापाकलमा पानी आउन छाडेपछि पानी किनेर खाने गरेको बताउँदै शौचालयमा पोखरीको पानी प्रयोग गर्नु परेको बताए । लामो समयसम्म वर्षा नभएका कारणले वडाका धेरै चापाकलहरु सुकेको उनले बताए । जनकपुरधामको गंगासागरमा रहेको डिप बोरिङ पनि सुकेको छ । विगत चार दिन देखि सो डिप बोरिङमा पानी आउन बन्द भएपछि यस क्षेत्रका हजारौँ व्यक्तिहरूलाई खानेपानीको समस्या भएको अधिवक्ता राजकुमार महासेठले बताए । जनकपुरधामको घना वस्ती भएका अधिकांश ठाउँको चापाकलहरुमा पानी आउन बन्द भएको छ ।

यस्तै अवस्था रहेको खण्डमा आगामी दिनमा जनकपुरधाममा खानेपानीको थप जटिलता उत्पन्न हुने छ । प्रदेश सरकारले जनकपुरधाममा भएका कतिपय पोखरीहरूको पक्की घाटको निर्माण गरेका कारणले पानीको रिचार्जमा पनि समस्या उत्पन्न भएको वातावरण संरक्षण अभियानी सुरेश शर्माले जानकारी दिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब