काठमाडौं । नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने भएको छ । देशभर बढेको तापक्रमबारे जानकारी दिन आयोजना गरिएको छलफल कायक्रममा मौसमविद्हरूले अधिकतम तापक्रम तत्काल घट्ने सम्भावना नहरेको बताएका हुन् ।
मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । उनले न्यूनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको बताइन् ।
उनले नेपालमा १३ जुन (जेठ ३०) बाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन गर्मी रहने बताइन् । उनका अनुसार अबको दुई दिनभित्र नेपालको पूर्वी भूभागमा वर्ष हुने छ । असार १ देखि भने देशैभर वर्षा हुने छ ।
"नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जुन हो । अब एक दुई दिनमा पूर्वी भूभागमा वर्षा हुने छ भने १६ तारिखदेखि वर्षा हुने देखिएको छ । हिट वेब अझै केही दिन लम्बिने छ," उनले भनिन् ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved