नेपालमा भारु रुपैयाँको लेनदेन ठप्प, कारण अज्ञात

  • जेठ ३२, २०८० | ३४३ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा भारतीय रुपैया(भारु)को लेनदेन ठप्प हुन थालेको छ । केही महिना पूर्व महँगो रहेको भारुको मूल्य क्रमिक रुपमा घटेको छ । अवैध बजारमा भारु निकै कमजोर भएको व्यवसायीहरु बताउँछन् । बजारमा २ हजार र ५ सय दरको नोट लेनदेन प्रायः बन्द नै भइसकेको छ । अन्य दरका भारु लिन पनि व्यवसायीहरुले अस्वीकार गर्न थालेका छन् । नेपाली पेट्रोलपम्पलगायतका कतिपय व्यवसायिक प्रतिष्ठानहरुमा भारु नलिने सूचना नै टाँस गरिएको छ ।

नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघ जनकपुरधामका अध्यक्ष किसुनदेव साहले बजारमा भारुको अवमूल्यन हुन थालेकाले लेनदेन बन्द गरिएको बताए । ‘मूल्यमा स्थिरता नरहेकाले भारुको कारोबारमा कमी आएको छ ’उनले भने, पेट्रोलपम्पहरुमा भारुको कारोबार पूर्ण रुपमा नै बन्द भएको छ । नेपालमा अहिले भारु फालाफाल रहेको उल्लेख गर्दै एकजना व्यवसायीले भने, साना दरको नोट लिए पनि ठूला दरको नोट ठप्प नै भएको छ । भारतीय रिजर्व बैंकले गत महिना सार्वजनिक सूचना जारी गर्दै अक्टोबर मसान्तसम्म दुई हजार दरको भारु बैंकमा साट्न भनेको छ । एक जनाले दैनिक अधिकतम् १० वटा दुई हजार दरको नोट मात्र बैंकमा सटही गर्ने व्यवस्था गरिएको छ । नेपालमा राष्ट्र बैंकले भारु १ सय दरको नोटलाई मात्र मान्यता दिएको छ । १ सय भन्दा बढी दरको भारु नोटलाई नेपालमा अवैध मानिएको छ । नेपालीहरुले संञ्चित गरेको २ हजार र ५ सय भारु नोट धमाधम साट्न थालेका छन् ।

भारतीय सीमावर्ती बजारमा १ सय ५० देखि १ सय ५५ रुपैयाँमा १ सय भारु पाइन्छ । सीमा क्षेत्रमा रहेका व्यवसायीहरुले नेपाली रुपैयाँमा कारोबार गर्न बढी उत्सुक देखिएका छन् । नेपाली रुपैयाँमा सामान खरिद गर्दा भारु १ सय मूल्यको सामान नेपाली १ सय ५० देखि १ सय ५५ रुपैयाँमा दिने गरेका छन् । नेपालमा १ सय भारुको कारोबार नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरमै भइरहेको छ । तर अन्य नोटको अवस्था दयनीय रहेको छ । २ हजार र ५ सयको भारु नोट चलाउन नेपालीहरु सीमाक्षेत्रका आफ्न्त अथवा तस्करहरुसित सम्पर्क बढाउन थालेका छन् । भारु कमजोर हुनुको यथार्थ कारण भने कुनै व्यवसायीले बताउन चाहँदैनन् । सुन तस्कर र हुण्डी कारोबारीहरुले धन्धाबाट हात झिकिसकेको बताउँछन् । उनीहरुले पनि भारतीय मुद्रा नेपाली मुद्रासित कमजोर हुनुको कारण यकिन गर्न सकेका छैनन् । सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ बलियो रहे पनि त्यो भने फेरि नेपालमै फर्किने गरेको छ । नेपालमा १ सय भारु मात्र वैध रहेको छ ।

भारतमा नेपाली मुद्रालाई वैधता छैन् । सीमावर्ती भारतीय बजारमा कारोबार हुने नेपाली रुपैयाँ पुनःअवैध मार्गबाट नेपाल भित्रिने गरेको छ । तस्करी मार्गबाट नेपाल आउने नेपाली रुपैयाँ कहिले काहीँ प्रहरीले बरामद समेत गर्छन् । त्यस्ता रुपैयाँको प्रहरीले स्रोत खोज्ने गरेकोछ । भारु कमजोर भए पनि आम नेपालीलाई त्यसबाट खासै लाभ भने भइरहेको छैन् । खुद्रा भारु लिनेहरुलाई बैंकको विनिमय दर अनुसार नै नेपाली दिनु परिरहेको छ । भारु कमजोर हुनुको कारणबारे व्यवसायीहरुले अनभिज्ञता प्रकट गर्छन् । कतिपयले नेपाली बजारबाट भारततर्फ तस्करी हुने क्रम बढेको हुनसक्ने बताए । उनीहरुले नेपाली बजारमा भारतीय मुद्रा आवश्यकता भन्दा धेरै बढी रहेको दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा सीमावर्ती क्षेत्रमा अनुसन्धान गरिरहेको छ । अधिकारीहरुले अनुसन्धान भइरहेको बताए पनि त्यसको प्रतिवेदन सार्वजनिक भइ नसकेको बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब