मिटर ब्याज पीडित तथा साहुका बीचमा सहमति

  • असार १८, २०८० | ३७० पटक पढिएको | सीमा संदेश
alt

धनुषामा मिटर ब्याज (अनुचित लेनदेन) पीडित तथा साहुका बीचमा धमाधम सहमति हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले लिने र दिने दुवै पक्षलाई राखेर मिटर ब्याज हेर्ने शाखामा सहमति गराएपछि मिटर ब्याज पीडितको समस्या समाधान हुँदै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल आफैले चासो लिएर हेर्दै आएका कारणले धनुषमा नयाँ निवेदन दर्ता भएका मध्ये ९२ वटामा दुकै पक्षका बीचमा मिलापत्र भएको छ । यसअघि पुराना निवेदन मध्ये १६७ वटामा सहमति भएको थियो भने ५९ वटा निवेदनमा छलफल भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजको २ हजार ६ सय १५ वटा निवेदन परेको छ ।

यस्तै,अवस्था रहेको खण्डमा सबै निवेदनहरूमाथि छलफल गरेर टुङ्गो लगाउनमा १ वर्ष लाग्ने अवस्था रहेको छ । मिटर व्याज पीडितको समस्या समाधान गर्नका लागि गठन गरिएको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएका कारणले पनि धनुषामा पीडितको सुनुवाइ भइरहेको छ । कतिपय अवस्थामा मिटर ब्याज पीडितसँगै रकम दिनेहरू पनि पीडित देखिएकाले त्यसमा दुबै पक्ष तथा छरछिमेकीहरुलाई राखेर समस्याको निकास गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । मिटर ब्याज (अनुचित लेनदेन) सम्बन्धी अध्यादेश आएका कारणले पुराना कागजहरू बदर हुने डरका कारणले व्याजमा रकम दिनेहरू मिल्न थालेका छन्,भने मिटर ब्याजका निवेदन दिएकाले रकम दिँदा साहुसँग भर्पाइ नलिँदा पनि समस्यामा पर्ने गरेका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब