सूर्तीजन्य पदार्थको सेवनले वर्षेनि १८ हजारको मृत्यु

  • असार २१, २०८० | ३४६ पटक पढिएको | सीमा संदेश
alt

सूर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा वर्षेनि १८ हजारको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा हुने कुल मृत्यु मध्ये १५ प्रतिशतको मृत्यु सूर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार जनकपुरधाममा आयोजना गरेको “नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन” सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्याङ्कमा सूर्तीजन्य पदार्थको सेवन गरेका कारणले मृत्यु हुने मध्ये २८ प्रतिशतको मृत्यु मुटुरोगका कारणले हुने गरेको देखाइएको छ । वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डा. श्याम लम्सालले प्रस्तुत गरेको सो तथ्याङ्कमामा विश्वमा मृत्यु हुने ८० लाख व्यक्ति मध्ये सूर्तीजन्य पदार्थको सेवनका कारणले १२ लाखको मृत्यु हुने गरेको छ । सूर्ती सेवनको नकारात्मक असर मान्छेको तालु देखि पैतालासम्म हुने गरेको उनले बताए । यसको लतवाट जोगाउनका लागि उत्पादन तथा सेवनलाई निरुत्साहित गर्नका लागि नेपालमा सूर्तीजन्य पदार्थको नियमन सम्बन्धी कानुनहरु भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सूर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी कानुन अनुसार सूर्तीजन्य पदार्थको विक्री तथा वितरण सार्वजनिक स्थलमा गर्न नपाइने व्यवस्था भए पनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन । खास गरेर सूर्तीजन्य पदार्थको विक्री वितरण तथा सेवनका लागि निषेध गरिएको ठाउँमा खुल्मखुल्ला विक्री वितरण हुने गरेको उनले बताए । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, डान्सवार, सिनेमा घर, अस्पताल, पार्क, खेलमैदान, सार्वजनिक यातायात सहितको ठाउँमा सूर्तीजन्य पदार्थको सेवन, विक्री वितरण पूर्ण रुपमा निषेध गरिएको भए पनि सेवन गरेको पाइएको छ ।

यसका साथै अस्पताल, विद्यालय सहितका केही महत्वपूर्ण ठाउँको दुईसय मिटरमा विक्री वितरणमा पनि निषेध गरिएको कानुनी प्रवधान छ । तर त्यो सरोकारवाला निकायको नियमन गर्न सकिरहेको पाईदैनन । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा पालिकामा प्रशासकीय अधिकृतलाई नियमन गर्ने अधिकारी तोकिएको छ । यसको उत्पादन तथा सेवनलाई निरुत्साहित गर्नका लागि विश्व स्वास्थ्य संगठनले कम्तीमा पनि ७५ प्रतिशत कर लगाउन भने पनि नेपालले जम्मा ३३ प्रतिशत कर लगाएका छन् । बढी कर बंगलादेशले ७१, माल्दिभ्सले ६९, श्रीलंकाले ६६, पाकिस्तानले ५६ र भारतले ५४ प्रतिशत कर सूर्तीजन्य पदार्थको उत्पादनमा लगाए पनि नेपाल कम कर लगाउने देशमा रहेको जानकारी प्राध्यापक डा. लम्सालले दिए । चुरोटको उत्पादन गर्ने कम्पनीले वट्टाको ९० प्रतिशतमा सेवनवाट हुने असर सम्बन्धी चित्र राख्नु पर्ने प्रावधान लागु भएपछि यसको मनोवैज्ञानिक असर परेको प्राध्यापक डा. लम्सालले बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब