सिरहा, २२ असार । सिरहा जिल्लाका १७ स्थानीय तहमध्ये पाँच स्थानीय तहले दीर्घरोगीलाई मासिक पाँच हजार दिने निर्णय अझै कार्यान्वयन गरेको छैन। आफूसँग रकम नभएको बहाना बनाउँदै दीर्घरोगीलाई दिने सुविधाबाट वञ्चित गर्दै आइरहेका छन्। सिराहा नगरपालिका, सुखिपुर नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र भगवानपुर गाउँपालिकाले भत्ता उपलब्ध गराएको छैन।
सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाको बिरामीलाई मासिक रु ५ हजार औषधि खर्च उपलब्ध गराउने निर्णय गरेको छ। बिरामीहरूको औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुने आर्थिक भार कम गर्न औषधि उपचारबापत खर्च उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। ०७८ मा संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले क्यान्सर, मिर्गौला, मेरुदण्डको पक्षघातजस्ता रोगका गम्भीर बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए।
यसका निम्ति गम्भीर प्रकारका रोगको औषधि उपचारबापत खर्च उपलब्ध गराउने कार्यविधि २०७८ पनि पारित गरिएको थियो। २०७८ चैत १३ गते स्वीकृत गरेको कार्यविधि कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरूमा परिपत्र गरिसकेको छ। वि.सं २०७८ भदौ २५ गते सरकारले गरेको निर्णय कार्यविधि नबनेकै कारण कार्यान्वयन हुन सकेको थिएन। यसअघि २०७४ सालमा क्यान्सर, मेरुदण्ड र मिर्गौलाका बिरामीलाई जीविकोपार्जनका लागि पाँच हजार रुपैयाँ दिने निर्णय जसले गर्दा सिराहा नगरपालिकाभित्रका दीर्घरोगीहरू जिल्ला प्रशासन कार्यालय गुहार्न पुगेका छन्।
सिरहा नगरपालिकाले नगरक्षेत्रभित्र रहेका क्यान्सर, मिर्गौला रोगबाट पीडित दीर्घरोगीलाई मासिक भत्ता दिने भन्दै सदरमुकाममा रहेको प्राइम बैंकमा खाता खोल्न लगाएका छन्। नगरक्षेत्रमा ४० जना दीर्घरोगी रहेको तथ्यांक सिराहा नगरपालिकाको स्वास्थ्य शाखासँग छ। बैंक खाता खोल्न लगाएर औषधी उपचार खर्चबापतको रकम पठाउन आलटाल गरेपछि आफूहरू जिल्ला प्रशासन कार्यालय सिराहा गुहार्न पुगेको सिराहा नगरपालिका–११ का दिलीप कामतीले बताए। ‘नगरपालिकामा दौडधुप गरे पनि बेवास्ता भयो,’ कामतीले भने, ‘त्यही भएर सिडियो साहबलाई निवेदन दियौँ।’ सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादब दिनभरी विकासे कमिसन संकलनमै बेस्त हुन्छ । कार्यालय समयमा पालिकमा खोजेपनि भेटदैन् । हामी पिडितमाथि कसले ध्यान दिन्छन, पिडितका भनाईछन् ।
सिडियो राजेन्द्रदेव पाण्डेले दीर्घरोगीलाई दिने भत्ताको निम्ति आफूले नगरपालिकासँग पहल गर्ने आश्वासन दिएको सिराहा नगरपालिका–६ का सुरेन्द्र यादवले बताएका छन्। ‘बैंक खाता खोलिएको छ,’ स्वास्थ्य शाखा प्रमुख इद्रिश राइनले भने,‘सबै तयारी भए पनि रकम निकासा हुन सकेको छैन। लहान नगरपालिकाले ४३ जना, मिर्चैया नगरपालिकाले १८ जना, गोलबजार नगरपालिकाले ४५ जना, कल्याणपुर नगरपालिकाले २६ जना, धनगढीमाई नगरपालिकाले २८ जना, कर्जन्हा नगरपालिकाले २८ जना, विष्णुपुर गाउँपालिकाले ११ जना, बरियारपट्टी गाउँपालिकाले २१ जना, अर्नामा गाउँपालिकाले ११ जना, नवराजपुर गाउँपालिकाले १० जना, औरही गाउँपालिकाले १२ जना, सखुवानन्कारकट्टी गाउँपालिकाले ८ जनालाई मासिक पाँच–पाँच हजार बैंकमार्फत पठाउँदै आएको छ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved