लम्पी स्किन रोगबाट मधेश प्रदेशमा ५२ हजार बढी चौपाया प्रभावित

  • साउन ३, २०८० | २८४ पटक पढिएको | सीमा संदेश
alt

लम्पी स्किन रोगबाट मधेश प्रदेशमा ५२ हजार ६ सय ८६ चौपाया प्रभावित भइ एक हजार ७ सय चौपाया मरेका छन् ।

लम्पी स्किन रोग सरुवा रोग भएका कारण नेपाल, भारत लगायत अन्य मुलुकका चौपाया समेत यस रोगबाट प्रभावित भएको देखिएको छ । मधेश प्रदेशका ८ जिल्ला मध्ये सवै भन्दा महोत्तरीमा यस रोगको प्रकोप देखिएको छ । महोत्तरीमा यस रोगबाट भैसी/रांगा १६ र गाई/गोरु २४ हजार तीन सय ९६ गरी कुल २४ हजार ४ सय १२ प्रभावित भएका छन् भने गाई/गोरु दुई सय पाँच मरेका छन् ।

त्यस्तै सिरहा जिल्ला यस रोगबाट प्रभावित हुने दास्रो जिल्लाको रुपमा रहेको छ । यस जिल्लामा गाई/गोरु १३ हजार ८ सय ५७ र भैसी/रांगा चार सय ३६ प्रभावित भएका छन् भने यो रोगबाट यस जिल्लामा ११ सय १८ वटा गाई/गोरु मरेका छन् । त्यस्तै धनुषामा यस रोगबाट पाँच हजार चार सय ८६ गाई÷गोरु र तीन सय सात भैसी/रांगा प्रभावित छन् भने एक सय ४३ गाई/गोरु मरेका छन् ।

सर्लाहीमा यस रोगबाट कुल तीन हजार ५३ वटा चौपाया प्रभावित छन् । यस जिल्लामा दुई हजार सात सय १६ गाई/गोरु र तीन सय ३७ भैसी रांगा प्रभावित छन् भने ९८ वटा गाई/गोरु मरेको छ भने ५ वटा भैसी/रांगा पनि मरेका छन् । सर्लाहीमा तीन सय २५ वटा चौपायामा भ्याक्सिन दिइएको छ । सप्तरीमा दुई हजार पाँच सय गाई/गोरु प्रभावित भएका छन भने ६ सय भैसी/रांगा प्रभावित छन् ।

सप्तरीमा ४० वटा गाई/गोरु मरिसकेका छन् । बारामा यस रोगबाट कुल ९ सय ६४ चौपाया प्रभावित भएको छ भने ६१ चौपाया मरेको बताइएको छ । यस जिल्लामा ९ सय ६२ गाई/गोरु र दुई भैसी/रांगा प्रभावित छन् भने ६१ वटा गाई/गोरु मरेको छ । यस जिल्लामा १० हजार चौपायामा यस रोग विरुद्ध लड्ने भ्याक्सिन दिइएको छ ।

त्यस्तै रौतहट जिल्लामा कुल ९ सय ४९ चौपायामा लम्पी स्किन रोग देखिएको छ भने भने २९ वटा चौपाया मरेको छ । यस जिल्लामा ९ सय ३९ गाई/गोरु र १० वटा भैसी/रांगा यस रोगवाट प्रभावित भएका छन् । यस जिल्लामा २८ वटा गाई/गोरु र १ वटा भैसी/रांगा गरी कुल २९ वटा चौपायाको यस रोगवाट मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादवले जानकारी दिए । त्यस्तै यस रोगको प्रभाव पर्सा जिल्लामा कम देखिएको छ । यस जिल्लामा कुल एक सय २२ वटा चौपाया प्रभावित भएको छ भने एक चौपाया मरेको छ । यस जिल्लामा १ सय १५ गाई/गोरु र ७ भैसी/रांगा गरी एक सय २२ चौपाया प्रभावित छन् भने एउटा गाई/गोरु मरेको निर्देशनालयका सूचना अधिकारी शिवनारायण यादवले जानकारी दिए ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब