२० लाख सदस्य बनाउन केन्द्रीय सदस्यहरुलाई डा. राउतको निर्देशन

  • साउन १९, २०८० | ३८९ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीका केन्द्रीय सदस्यहरुलाई २०८४ सालको चुनाव अगावै २० लाख सदस्य बनाउन निर्देशन दिएको छ ।

केन्द्रीय समितिको बिहीबार सम्पन्न बैठकमा अध्यक्ष डा.सि.के.राउतले मधेश प्रदेशमा दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउन २० लाख सदस्य बनाउनुपर्नेमा जोड दिए । गत आमनिर्वाचनमा समानुपातिकतर्फ झण्डै ३ लाख २९ हजार १ सय ७७ मत आएको थियो । त्यसलाई पुराना सदस्य मानेर एकजनाले कम्तीमा ४ जना नयाँ सदस्य बनाउने जिम्मेवारी लिन अध्यक्ष राउतले निर्देशन दिए । मधेश प्रदेशमा प्रदेशसभातर्फको समानुपातिक मतमा जनमत सबै भन्दा अगाडि रहेको थियो । बिहान राजनीतिक समिति र त्यसपछि कार्यकारिणी समितिको बैठक बसेको थियो । एकै दिनमा सम्पन्न गरिएको तीनवटै बैठकको अध्यक्ष डा.राउतले नै गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरुले संगठन र प्रशिक्षण सम्बन्धी प्रतिवेदनहरु बुझाएको पार्टीका प्रवक्ता शरद यादवले बताए । ‘राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बसेको थियो’ उनले भने, बैठकले मिसन २०८४ मा मधेश प्रदेशमा २ तिहाइ सिट ल्याउन प्रतिबद्धता जनाएको छ । पार्टीको विभिन्न निकायहरु विस्तार भएर थपिएका नयाँ सदस्यहरुबीच परिचय र सम्पन्न प्रशिक्षणहरुको प्रभावकारिताबारे छलफल भएको उनले बताए । केन्द्रीय समिति, कार्यकारिणी समिति र राजनीतिक समितिमा थपिएका अनुहार हरुलाई पार्टीको विभिन्न पक्षबारे अध्यक्ष डा.राउतले जानकारी गराएका थिए । केही नयाँ विभाग पनि गठन विषयमा छलफल भएको सहभागी एकजना सदस्यले बताए । मधेश प्रदेश सरकारमा जनमतका २ जना मन्त्री छन् ।

संसदीय दलका नेता महेश प्रसाद यादव शिक्षा तथा समाजकल्याण र चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् । प्रारम्भमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका वसन्त कुशवाहालाई २ महिना बिना बिभागीय राखेर हटाइएको छ । राज्यमन्त्री सञ्जय यादव पनि सरकारबाट हटेका छन् । मधेश प्रदेशमा जनमत पार्टीका १३ जना सभासद छन् । समानुपातिक सभासद र प्रतिनिधि सभा सदस्यलाई फिर्ता बोलाउने अध्यक्ष राउतको नीतिको पार्टी भित्र व्यापक विरोध भएको छ । उनले दुई जना प्रतिनिधि सभासदस्यलाई फिर्ता बोलाउन गरेको आन्तरिक तयारीको विरोध हुन थालेपछि पछि हटेका थिए ।

मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेको जनमत पार्टीले उपसभामुख र २ वटा मन्त्रालयमा चित्त बुझाएको छ । तर आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याउने लक्ष्य लिएर संगठन विस्तारमा जनमत जुटेको छ । संघीय सरकारमा सहभागी रहेर अलगिएको जनमत पार्टी फेरि सरकारमा सहभागिताका लागि प्रयासरत्त छ । खानेपानी मन्त्री अब्दूल खानले राजीनामा दिएपछि फेरि जनमत सरकारमा सहभागी हुन पाएको छैन् । केन्द्रीय समितिको बैठकमा सरकारमा सहभागिताको सबालमा पनि छलफल भएको थियो । राउतले मधेश प्रदेशमा दुई तिहाइ ल्याउने लक्ष्य लिएर संगठनलाई सुदृढ बनाउन इमानदारीपूर्वक लाग्न उनले निर्देशन दिए । ‘कोशी प्रदेशमा निर्णायक र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्ने लक्ष्यलाई हासिल गर्नुपर्छ ’अध्यक्ष राउतले भने, परम्परागत पार्टीहरुको भन्दा फरक शैलीमा अगाडि बढनुपर्छ ।

देशको वर्तमान राजनीतिक अवस्था र दलहरुबीचको गठबन्धनले संघीय सरकारको नेतृत्व गर्नसक्ने सांसदलाई जिताउने उद्देश्यका साथ संगठन बनाउन उनले जोड दिए । संघीय सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको एकजना सहभागीले बताए । मधेश प्रदेशमा २ वटा मन्त्रालय पाएकोमा नेताहरु सन्तुष्ट देखिएका थिए । जनमत पार्टीले मधेशमा जनता समाजवादी पार्टी(जसपा)लाई प्रमुख शत्रु मानेको छ । जनमत पार्टीको गतिविधि जसपा विरुद्ध केन्द्रित रहने गरेको छ ।

सप्तरीमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले पराजित गरेर उत्साहित भएका राउतले बारा जिल्लाको उपचुनावमा पनि उनलाई पराजित गराउन लागि परेका थिए । मधेशमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संगठनात्मक रुपमा कमजोर भइसकेकाले जसपालाई कमजोर बनाउन सके ठूलो दल हुने जनमतको बुझाइ छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब