वैदेशिक रोजगारीमा जानेको संख्या अहिलेसम्मकै सबै भन्दा बढी

  • साउन १९, २०८० | ३०४ पटक पढिएको | सीमा संदेश
alt

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्याले उच्चतम् रेकर्ड कायम गरेको छ । गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३ सय २७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो । नयाँ श्रम स्वीकृति लिने ४ लाख ९४ हजार २ सय२४ छन् । त्यसमध्ये नेपालमै सबै भन्दा बढी धनुषा जिल्लाबाट बैदेशिक रोजगारमा गएको सरकारी तथ्यांक छ ।

मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लाबाट गत आर्थिक वर्षमा ३९ हजार ५ सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् । मधेश प्रदेशबाट कुल १ लाख ८० हजार ६ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन् । मधेश प्रदेशबाट बैदेशिक रोजगारमा जानेहरुको संख्या विदेशिने जनशक्तिको कुल संख्याको २३.४२ प्रतिशत रहेको छ । मधेश प्रदेशको सप्तरीमा २१ हजार १ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन् । सिरहामा २९ हजार ५ सय ९७, महोत्तरीमा २८ हजार ८ सय ७२ जना, सर्लाहीमा २३ हजार ७ सय २१, रौतहटमा १५ हजार २ सय ९१, बारामा १४ हजार ६ सय १२ र पर्सामा ७ हजार ८ सय ३१ जनाले श्रम स्वीकृति लिएको जनाइएको छ ।

आर्थिक वर्ष ०७९/८० मा मलेसियाका लागि सबैभन्दा धेरै २ लाख ५९ हजार ५ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन् । यो कुल संख्याको ३३.६५ प्रतिशत रहेको छ । अन्य खाडी मुलुकमा भन्दा नेपाली श्रमिकको पहिलो रोजाइमा मलेसिया परेको श्रम तथा रोजगार कार्यालय, जनकपुरधामका सूचना अधिकारी बासुकीनाथ झा बताउँछन् । मधेश प्रदेशमा रोजगारीको सम्भावना नरहेका कारण यतिको संख्यामा बैदेशिक रोजगारमा सर्वसाधारण जाने गरेको उनले बताए । ‘आफ्नै गाउँ ठाउँमा उद्योग कलकारखाना नरहेका कारण उनीहरु बैदेशिक रोजगारी रोज्नुपर्ने बाध्यता छ ’झाले भने, बैदेशिक रोजगारमा जानेहरुमध्ये अधिकांश दक्षता प्राप्त नगरेकाहरु छन् ।

श्रम स्वीकृतिको बेला सवैथोक हुने तर स्कीलमा भने क्रसको निसान लागेको हुनाले सरकारले सीपमूलक तालिमको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । कुल ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या रहेको मधेश प्रदेशबाट १ लाख ८० हजार ६ सय ५९ बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् । हुनत यहाँ ठूला साना गरी ८ सय १२ वटा उद्योग रहेको मधेश प्रदेशको तथ्यांकले देखाउँछन् ।

अधिकांश उद्योगहरुमा भारतीय कामदारहरु रहेका कारण स्थानीय जनशक्ति बैदेशिक रोजगारमा जान बाध्य भएका छन् । श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्न जनकपुरधाम आएका धनुषा दिगम्बरपुरका विजय महतोले भने–‘बैदेशिक रोजगारमा जानु हाम्रो बाध्यता हो, घर परिबारसंग बस्न कसको रहर हुँदैन् तर यहाँ बस्दा पेट पाल्न पनि कठिन हुन्छ । बच्चाको भविष्य हेर्नुछ, आमा बुबा समेत बुढो भइसकेको अवस्था छ मलाई यहाँ बसेर कसरी काम चल्छ

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब