सिरहा, १९ श्रावण । सिरहा सदरमुकाम सिरहा नगरपालिकाका बजार क्षेत्रको मुल सडक अव्यवस्थित छ । सडक दुर्घटना र बजार उभोगक्तलाई सहज बनाउन् सिरहा नगरपालिकाले सडक विस्तार गरेपनि नगरवासिले सहज भन्दा असहज महसुस गरिरहेका छन् ।
नगरपालिकाले बजार क्षेत्र विस्तार गरेको सडकमा रहेको फोहर हटाउन सकेको छैन् । सडक क्षेत्रमा रहेका जमेका पानीमा डेंगी लामखुट्टेको जिवन चक्र पालन भईरहेको छ । बजार क्षेत्रमा खाल्डाखुलीमा जमेका पानी जिवन चक्र वृद्धि गरको डेंगी लामखुट्टेले डेगी रोगी पनि फौलाई रहेको छ ।
नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले सडक व्यवस्थित गरी सुन्दर सहर र दुर्घटना न्यूनीकरण गर्न पटक पटक सूचना गरे पनि त्यसको केही असर परेको देखिँदैन।
सडकमा पशु चौपाया छोड्दा दुर्घटनाको जोखिमसँगै सडक पनि अव्यवस्थित देखिन्छ । सडक दुर्घटना तथा सुन्दर सिरहा तथा हरियाली सिरहाको कल्पन गरी नगरपालिकाले खर्च गरी रहेको बजेट वालुवामा पनि हालेको जस्तो देखिन्छ । सुन्दरता र हरियालीका नाम बजेट पचाई भ्रष्टाचार गरिरहेको नगरवासिहरुका गुनासो गरिरहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved