मधेस प्रदेशसहित देशभर आज दिनभरि पानि पर्ने

  • साउन २३, २०८० | ४९१ पटक पढिएको | सीमा संदेश
alt

आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ ।

लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गोविन्द झाका अनुसार आज दिनभरी नै पानी पर्ने सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने उहाँले बताउनुभयो ।

पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान छ । यस्तै, खासै पानी नपरेको मधेस प्रदेशमा पनि गएरातिदेखि पानी परिरहेको छ । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब