धनुषामा बाढीको कारण एकको मृत्यु, दुई जना वेपत्ता, कमलामा कटान सुरु

  • साउन २४, २०८० | ६३० पटक पढिएको | सीमा संदेश
alt

सोमबार राति देखिनै पानी परेसँगै नदीहरुमा आएको बाढीको कारण धनुषामा एक जनाको मृत्यु भएको छ, भने दुई जना वेपत्ता भएका छन् ।

मिथिला नगरपालिका–२ आनन्दपुरका १७ वर्षीय सुबोध यादवलाई मंगलबार बाढीले बगाउँदा मृत्यु भएको छ । यादवले घर नजिकैको बसही खोला तर्ने क्रममा बाढीले यादवलाई बगाएको थियो । पछि प्रहरीले उद्धार गरी अस्पताल पु¥याएपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताए ।

त्यसैगरी,कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गाणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदीमा आएको बाढीले बगाएको छ । वेपत्ता भएका दुबै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतलास गरिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

यसैबीच,कमला नदीमा आएको बाढीले कटान सुरु गरेपछि धनुषाका सुरक्षा निकाय सक्रिय भएका छन् । मंगलबार बेलुका कमला नदीको ब्यारेक भन्दा करीब २ सय मिटर उत्तर बाढीले कमला नदीको बाँध कटान सुरु गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बोरामा गिटट्ी बालुवा हालेर अस्थायी बाँध निर्माण कार्य थालेको छ । कमला नदीको पानी वस्तीमा प्रवेश हुनुबाट रोक्न तथा जीउधनको क्षति हुन नदिन सो बाँध निर्माण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दाहालले जनाएका छन् । कमला नदीमा पानी सतह बढी रहेकोले कमला वरिपरि रहेका वासिन्दालाई सतर्क रहन आग्रहसमेत गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षकको सहित टोलीले मंगबार कमला नदी क्षेत्रको अनुगमन गरेका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब