बाढीमा तीनको मृत्यु,चार वेपत्ता र २३० घर डुबानमा

  • साउन २५, २०८० | ३६८ पटक पढिएको | सीमा संदेश
alt

सोमबार रातिदेखि आएको अविरल वर्षाको कारण मधेश प्रदेशमा बाढीबाट ३ जनाको मृत्यु भएको छ, भने ४ जना वेपत्ता भएका छन् । र बाढीबाट २३० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ का १७ वर्षीय अजय यादवको घर नजिकै रहेको बसही खोलमा बाढीले बगाउँदा मृत्यु भएको छ । खोला तर्ने क्रममा यादवलाई बाढीले बगाएपछि प्रहरीले उद्धार गरी उपचारको अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा यादवको मृत्यु भएको छ । त्यसैगरी, रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय शहीद भाटलाई लालबकैया नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको छ । मंगलबार साँझ खेतबाट घर फर्किरहेको बेलामा नदी तर्ने क्रममा बाढीले बगाएर भाटको मत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सर्लाहीको हरिपूर्वा नगरपालिका –७ वसन्तपुरका ६० वर्षीय भोला चौधरीलाई बाँके खोलाले बगाउँदा मृत्यु भएको छ । चौधरीको मंगलबार नै बाढीले बगाए पनि बुधबार प्रहरीले शव बरामद गरेको मधेश प्रदेशका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, विभिन्न खोलामा आएको बाढीले बगाएर ४ जना वेपत्ता भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारीलाई रातु नदीमा आएको बाढीले बगाउदाँ बेपत्ता भएको छ । त्यसैगरी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत कुर्मी वेपत्ता भएका छन् । कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाका एक दम्पती वेपत्ता भएका छन् । मंगलबार दिउँसो गाणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनका श्रीमती माया परियारलाई कमला नदीमा आएको बाढीले बगाएर लगेको छ । वेपत्ता भएका दुबै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजतलास भइरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड् काले जानकारी दिए ।

त्यसैगरी,अविरल वर्षाका कारण पर्सामा १७, रौतहतको लालबकैयाँ नदी वरिपरिका क्षेत्रका १५८ र महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित रातु नदी वरिपरिका ६० घर डुबानमा परेको प्रवक्ता श्रेष्ठले बताए । प्रहरी बाढीमा परेका ८३ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको उनले बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब