कमिशनको खेल मैदान वीरगञ्ज महानगर

  • साउन २८, २०८० | ५०७ पटक पढिएको | सीमा संदेश
alt

केही दिनदेखि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) महानगरपालिका नेतृत्वको विरोधमा अभियान सुरु गरेका छन् ।

वडा अध्यक्ष सिंह मेयर राजेशमान सिंहलगायत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विरोधमा मोर्चा खोल्दै महानगरपालिमा भइरहेको भ्रष्ट्राचारको भण्डाफोर अभियान सुरु गरेका छन् । वीरगञ्ज महानगरपालिका कार्यालय भागबण्डा र कमिशनको खेल मैदान बनेको वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह (पराग)ले आरोप लगाएका छन्। वडा अध्यक्ष सिंहले सामाजिक संजालबाट महानगरमा भइरहेको भ्रष्टाचारको भण्डाफोर क्रमिक रुपमा गरेका छन् । उनले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै लेखेका छन् ‘भागबण्डाको खेलमैदान बन्दै महानगर ! महानगरबाट अपहेलित वडा र सिकार बन्दै वडा अध्यक्ष’। वीरगञ्ज महानगरपालिका कार्यालयका अधिकांश कामहरु कमिशन र कृपावादबाट चल्ने गरेको आरोप रहेको छ ।

महानगरबाट प्रदान गरिने अधिकांश सेवा प्रदायक कामहरुमा सम्बन्धित कर्मचारीहरुले कमिशन लिने गरेकोले गर्दा महानगर भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप छ । यतिमात्र होइन महानगरले गरेको खरिद तथा आर्थिक असुलका टेण्डर र विकास निर्माणका सबै ठेक्कापट्टाहरु कमिशनमा दिने गरिएको वडा अध्यक्ष सिंहको आरोप छ । वडा अध्यक्ष सिंहले महानगरमा भइरहेको भ्रष्टाचारको प्रमाणहरु महानगरको सिसि केमरामा समेत रेकर्ड रहेको दाबी गर्दै लेखेका छन,‘ठेकेदारहरु बोर्ड बैठक हलमा बसेर ठेक्का मिलाउने काम भएको छ । ठेकेदारहरुलाई ठेक्का मिलाउन महानगर परिसर भित्र बसेर चकिया मिलाउन बोर्ड बैठक हल प्रयोगमा आउने गरेको छ । वीरगञ्ज महानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप पूर्व मेयर विजय कुमार सरावगीको पनि छ । मिशन कमिशन अन्तर्गत सबै ठेक्कापट्टा तथा विकास निर्माणको कामहरु भइरहेको पूर्व मेयर सरावगीले बताए । उनले भने,‘जुन सुकै काममा निश्चित कमिशन निर्धारण गर्नुका साथै मेयर राजेश मानसिंले आफ्नो आसेपासेलाई पोस्ने मात्र काम गरिरहेका छन्’। आर्थिक वर्ष ०७८/०७९ मा सवारी करको ठेक्का महानगरपालिकाले ६ करोड ११ लाखमा आयरा निर्माण सेवालाई दिएको थियो । स्थानीय निर्वाचनपछि देखाउनको लागि मेयर सिंह निर्वाचित भएपछि आ.व ०७९÷०८० मा ठेक्का लगाएनन् । अमानतमै उठाउने काम भयो ।

बजार मूल्यभन्दा सवा करोड बढीमा ट्याक्टर खरिद

ठूलो कमिशनमा महानगरपालिकाले ट्याक्टर खरिद गरेको आरोप वडा अध्यक्षहरुको रहेको छ ।

एमालेका एक वडा अध्यक्षका अनुसार ३२ वटै वडाका लागि खरिद गरिएको ट्याक्टर र टेलरमा ठूलो आर्थिक अनियमितता भएको बताइएको छ । महानगरपालिकाले एक करोड २० लाख रुपैयाँ एक करोड २० लाख रुपैयाँमा ट्याक्टर र टेलर खरिद गरेको छ । जुन बजार भाउ भन्दा सवा करोड महगो रहेको छ । महानगरपालिकाले खरिद गरेको आइचर कम्पनीका ३२ वटा ट् याक्टरको बजार भाउ दुई करोड ७२ भए पनि महानगरपालिकाले भने तीन करोड ९२ लाख भुक्तानी गरेको छ । इ–बिडिङमार्फत गरिएको ठेक्का बोलपत्रमा सुरुमा पाँच कम्पनीले आवेदन गरेकोमा प्राविधिक त्रुटि भन्दै महानगरले त्यसलाई बदर गरेको थियो । अर्को बोलपत्रमा विना एग्रो इन्टरप्राइजेज प्रा.लिको मात्रै आवेदन स्वीकृत गर्दै यान्त्रिक तथा राजस्व शाखाले त्यसैबाट सबै ट्याक्टर र टेलरहरु खरिद गरेको छ । २६ असोज ०७९ मा गरिएको इ–बिडिङमा खेसारी चन्द्र वर्णवाल, नेपाल ट्रेड एन्ड सर्भिस लिंक, तुलस्यान ट्याक्टर्स, अर्थ अटोबिल्स प्रा.लि र ओमनी अटो मोबाइल्सले आवेदन दिएका थिए । तर, मूल्यांकन समितिले उनीहरूको आवेदन प्राविधिक रूपमा ठीक नभएको भन्दै खारेज गर्यो र १४ चैत ०७९ मा दोस्रोपटक बोलपत्र आह्वान गरिएको थियो ।

वीरगञ्ज, बाइपास रोडमा रहेको विना एग्रो इन्टरप्राइजेज प्रा.लिले दिएको मोल भाउ मूल्यांकन समितिले सदर गर्दै खरिद गरेको छ । उक्त मूल्यांकन समितिमा महानगरको लेखा शाखाका अधिकृत रामकुमार कुशवाहा, यान्त्रिक तथा राजस्व शाखाका प्रमुख मनोज कर्ण, योजना तथा पूर्वाधार शाखाका प्रमुख वरिष्ठ इन्जिनियर अवधेशप्रसाद कुशवाहा र इन्जिनियर प्रकाश अधिकारी रहेका छन् । पहिलो पटक परेको अवेदक कम्पनीका ट्याक्टर गुणस्तर नभएको महानगरपालिकाका तर्क रहेको छ । इन्जिनियर अधिकारीले भने,पहिलोपटक पाँच कम्पनीले दिएको दिएको कोटेशनमा ट्याक्टर र टेलर प्राविधिक रूपमा सही थिएन त्यसैले हामीले बदर गरेका हौ । महानगरका पदाधिकारीले योजनाबद्ध रूपमै पहिलो टेण्डर बदर गरेको तुलस्यान ट्याक्टर्सका सञ्चालक सन्दीप तुलस्यानको अरोप छ । मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आजम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलकै स्वीकृत र सहमतिमा उक्त खरिद कार्य गरिएको एक कर्मचारीको भनाइ छ । वीरगञ्ज– २६ का वडाध्यक्ष शम्भु मिश्रले पनि बजारमूल्य बुझ्दा महानगरपालिकाले वितरण गरेको ट्याक्टर र टेलरलाई १२ लाख २५ हजार पर्नु आश्चर्यजनक भएको बताए

विगत भन्दा आधामा महानगरको सवारी ठेक्का

वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको सवारी ठेक्का विगत भन्दा आधामा दिएको छ ।

महानगरपालिकाले आह्वान गरेको सवारी करको ठेक्का ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागेको छ । महानगरपालिकाले आह्वान गरेको सवारी करको ठेक्काको लागि १९ वटा फारम बिक्री भए पनि ६ वटा टेन्डर मात्रै दर्ता भएको छ । राजस्व महाशाखाका अनुसार सवारी कर ठेक्काको १९ वटा बोलपत्र फारम बिक्री भएको थियो । जसमध्ये ६ वटा दर्ता भएका थिए । महानगपालिकाको बोर्ड बैठकमै ठेक्केदारहरुको ठेक्कापट्टाका चकिया खाने सहमति ६ वटा फर्म मात्रै दर्ता गरिएको थियो । महानगरले सवारी कर ठेक्काका लागि न्यूनतम ३ करोड रुपैयाँ कायम गरेको थियो । जस अनुसार सबैको सहमति र मिलेमतोमा ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा आरपीए कन्सट्रक्सनले सवारी पटके सवारी व्यवस्थापनको ठेक्का पाएको देखिन्छ । यस भन्दाको पहिला मेयर विजय सरावगीको नेतृत्वले दुई वर्ष अगाडिको पटके सवारी व्यवस्थापन करको ठेक्का आह्वान गर्दा ६ करोड ११ लाख रुपैयाँमा सकार भएको थियो । त्यसबेला आयरा निर्माण सेवाले आर्थिक वर्ष ०७८÷०७९ का लागि उक्त मूल्यमा सवारी करको ठेक्का पाएको थियो ।

०७९/०८० मा भने महानगरपालिकाले सवारी करको ठेक्का आह्वान गरेका थिएनन् । २ वर्ष अगाडिको सकार ठेक्का रकम भन्दा आधा मूल्यमा सवारी कर ठेक्का लागु भएपछि मिलेमतोको आरोप लागेको छ । ०७८÷०७९ का लागि सवारी कर ठेक्का आह्वान हुँदा महानगरपालिकाले न्यूनतम मूल्य नै ४ करोड ९० लाख कायम गरेको थियो । तर,०८०÷८१ का लागि आह्वान भएको सवारी कर ठेक्काको न्यूनतम मूल्य ३ करोड रुपैयाँ कायम गरिएको थियो । बोलपत्र खोल्नु भन्दा एक दिन अगाडि मात्रै ठेकेदारले महानगरपालिकाको बोडैमै मिलेमतोमा ठेक्का हाल्ने सहमति गरेको दाबी वडा अध्यक्ष रामकिशोर सिंहको रहेको छ । चालु आर्थिक वर्षमा चार पांग्रे भारतीय नम्बरको सवारी साधनबाट सवारी कर नउठाउने निर्णय भएकाले ठेक्का रकम कम मूल्यमा सकार भएको हुनसक्नेतर्क प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब