मिटरव्याजी पिडितलाई थप पिडा दिईरहेको भन्दै सिरहा प्रशासनविरुद्ध प्रदर्शन

  • साउन २८, २०८० | ४५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २८ श्रावण । मिटरव्याजीहरुसँग मिलेर पिडित पक्षलाई थप पिडा दिईरहेको भन्दै सिरहा प्रशासनविरुद्ध प्रदर्शन भएको छ । मिटरब्याजीहरुसँग प्रहरी र जिल्ला प्रशासनन कार्यलयका कर्मचारी मिलेको भन्दै पीडितहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् । आयोग र कानुन बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नारााजी गरेका थिए ।

 प्रहरी र जिल्ला प्रशासन कार्यलयका कर्मचारलिे मिटरब्याजीहरुसँग मिलेर काम गर्ने गरेको, मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको, मिलापत्रका लागि बोलाइने छलफलमा मिटरब्याजीहरु आउन अटेरी गर्दा पनि प्रहरी प्रशासनले उनीहरुलाई पक्राउ गर्न ढिलासुस्ती गर्दै आएको पीडितहरुको गुनासो छ ।

असार ७ गते मिर्र्चैया नगरपालिका वडा नं. ६ बस्ने बिरेन्द्र कुमार यादबले (अनुचित लेनदेन ) मिटरव्याजी सम्बन्धी निवेदन दर्ता गराएको थियो । जिल्ला प्रशासन कार्यालय सिरहाको कर्मचारी ले दुवै पक्षहरुसँग तीन पटक छलफलमा बसी वयाण गरायो । तर तीन पटक वयाण गराई सकेपछि छलफलको अन्तिम चरणमा रकम लेनदेन नभएको र विभिन्न प्रलोभनमा कागज तमसुक गराएको पुष्टि भएपछि मिटरव्याजीहरुसँग सम्बन्धी सरोकारवालहरु कहिले विरामी छु त कहिले अर्को समस्या देखाई तोकिएका मितीहरुमा हाल सम्म चार पटक बैठक स्थगित गराएका छन् । 

मिटरव्याजी पिडित यादबलाई छलफलको मिती तोकी जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले पिडितलाई कार्यालयमा बोलाई विपक्षी आएन्न भनी फर्काउन गरका छन् । विपक्ष विरामी छु भनी बैठक स्थगित गरिपाउँ भनी निवेदन दिईएको छ, पिडित तोकिएका मितीमा जिल्ला प्रशासन कार्यालय आएछि त्याहाँका कर्मचारीले, कहिले विरामी त कहिले आएन अब पक्राउ गरेर ल्याउँछु बहान गरी जानकारी दिन्छन् । तर विपक्षी विरामी नै हो भनी निवेदनमा कुनै प्रमाण देखिदैन् । 

यस विषयमा बुझन खोज्दा प्रशासनका कर्मचारीले बाहिरै छलफल गर्नु, अब बोलाउँछु , आएन भने पक्राउ गर्छु भनी पिडित यादव न्याय पाउँने जस्तो प्रलोभन देखाई मिटरव्याजी पक्षका सरोकारवालाहरुका विना प्रमाण निवेदनकै भरमा बैठकलाई स्थागित गरी  पिडितलाई थप पिडा दिईरहेका छन् ।

पिडित यादबमाथि लेनदेन सम्बन्धी मुदा मिटरव्याजी साहुले जिल्ला अदालतमा दयार गरेको छ । उक्त मुदालाई मलजल गर्ने हिसाबले हाल सम्मको छलफल अन्तिम चरणमा पुग्न लाग्दा कुनै प्रमाण नझिकाई विभिन्न समस्या देखाई विपक्षीलाई बैठकमा बस्नबाट निवेदकै भरमा उ्रन्मुक्ति दिईरहेको स्पष्ट देखिन्छ । कर्मचारीले पनि यसरी क्रियाकलपा देखाएछि मिटरव्याजीहरुसँगको मिलोमतो भएको र्शंका हुने स्वाभिक रहेको यादबले आफ्नो दुःख पोखे ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब