सिरहामा विभिन्न कार्याक्रम गरी सूचना दिवस मनाइयो

  • भदौ ४, २०८० | ४५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,४ भदौं । सिरहामा विभिन्न कार्यक्रम गरी १७ औं राष्ट्रिय सूचना दिवस मनाईएको छ । 
सिरहा पुस्तकालयको आयोजनामा सूचना माँगौं, भ्रष्टाचार अन्त गरौं नारा सहित प्रभात फेरी र समुदाय जागरण अभियान अन्तर्गत सरोकारवालाको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सहिद राजेश ठाकुर पार्कदेखि निस्केको  प्रभातफेरी सिरहा बजारको परिक्रमा गरी सिरहा पुस्तकालयमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।

367792098_826098775874081_1860254855671198583_n

मधेश प्रदेशका पूर्वराज्यमन्त्री संजय कुमार यादवले सरोकारवाला निकायहरुले नागरिकलाई सूचनामा पहुँच बढाउने गरी स्वतः प्रकाशित गर्नुपर्ने बताएका छन् । सूचनाको आवश्यकता व्यक्तिको जीवनमा महत्वपूर्ण भएकोले सूचना लुकाउने काम रोक्दै सर्वसुलभ रुपमा सूचना पाउने वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरे । संविधानमै सुनिश्चितता नागरिकको सूचना पाउने हकको पूर्ण कार्यान्वयनमा पूर्वराज्यमन्त्री यादवले जोड दिए ।

सार्वजनिक निकाय, नीजि संस्था लगायतले नागरिकलाई सूचनाको हक उपभोग गर्ने विषयमा कुनै बाधा अडचन खडा गर्न नहुने मधेश प्रदेश सभाका सांसद जिवछी कुमारी यादवले बताएकी छिन् । सूचनाको हक प्रयोग गर्दा दुरुपयोग गर्ने विषयमा सजग हुनुपर्ने सांसद यादवले बताएकी छिन् ।

सूचनाको हक ब्यबहारमा राम्रोसँग लागू भयो भने धेरै पक्षलाई काम गर्न सहज हुने स्काउट नेपालका प्रदेश संयोजक दिनेश कुमार यादवले बताए । सूचनाको हकलाई व्यवहारमा लागू गराउन सिरहा पुस्तकालयलाई सूचना केन्द्रको रूपमा विकसित गर्न उनले सुझाव दिए । 
जिल्ला स्तरमा सार्वजनिक निकायलाई निगरानी गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीको हुने भएकोले सूचनाको हक ब्यबहारमा लागू भए नभएको कुरालाई समेत विशेष निगरानी बढाइदिन सप्रजिअसंग उनले आग्रह गरे ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सूचना नदिदा पुनरावेदन गर्नुपर्ने अवस्था जिल्लामा देखिएको बताए । मौलिक हकमा नै सूचनाको हक रहेको भन्दै सहायक प्रजिअ पौडेलले सहज रुपमा सूजना दिई कारबाहीबाट बच्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

जिल्लामा सूचना माग्दा नदिने गरेको गुनासो जिल्ला प्रशासनमा पनि आएको र त्यसमा छानबिन भईरहेको भन्दै उनले सूचना नदिने सरोकारवालालाई कारबाही समेत भएकोतर्फ ध्यानआकर्षित गराए ।

367875336_282714554373665_4645888715549366313_n

सूचनाको हक सम्बन्धी अभियानमा लागेका दुईजनालाई सम्मान गरिएको छ । सूचनाको अभियान सफल बनाउन लामो समयदेखि लागेका पत्रकार बद्रीनारायण यादव र सूचना अभियन्ता परशुराम साहलाई खाद्या ओढाएर सम्मान गरेको हो । सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सूचनाको हक सम्बन्धीको कार्यपत्र सूचना अभियन्ता साहले प्रस्तुत गरेका थिए ।२०६४ साल साउन ५ गते सुचनाको हकसम्बन्धि ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखी लागु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बु,नागरिक अगुवा चन्देश्वर प्रसाद यादव, सञ्चारकर्मी बैधनाथ यादव लगायतले सूचनाको हकसम्बन्धी आफ्नो विचार व्यक्त गरे  ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब