एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

  • भदौ ५, २०८० | ३७८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । सोमबार बसेको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार आज संसद्‌मा अवरोध नगर्ने एमालेले जनाएको छ । 
 

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । “हिजो एउटा सहमति भएको छ । आज संसद् बैठक अवरोध गर्दैनौँ” एमाले संसदीय दलका सचेतक महेश वर्तौलाले बाह्रखरीसँग भने ।

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका थिए । उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा सत्ता पक्षले सहमति जनाएको र उक्त प्रतिबद्धतामा अडिए संसद् चल्ने बताएका थिए ।
 
ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै साउन १० गतेयता संसद् अवरोध गर्दै आएको छ। 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब