पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र चन्द्रमोहनलाई कारबाही गर्न माग

  • भदौ ९, २०८० | ४२३ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र चन्द्रमोहन यादवलाई कारवाही गर्न माग गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा आयोजित एक कार्यक्रममा पार्टीका वरिष्ठ नेता शेखर कोइराला समक्ष उनीहरुले सो माग गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का सभापति योगनारायण यादवले पार्टीमा अन्तर्घात गर्ने गिरोहहरु सक्रिय रहेका कारण पार्टी स्थानीय देखि संघको निर्वाचनमा पराजित भएको बताए ।

उनले भने–‘ अन्तर्घातलाई कारबाही नगरेकै कारण त्यस्ता त्यस्ताहरुको मनोवल बढेको छ, आपूmहरुले पटक पटक कारबाहीका लागि सिफारिस गर ेपनि कारबाही हुन नसकेपछि नेता कार्यकर्तामा असन्तुष्टि बढेको छ ।’ उनले पार्टी निर्वाचन क्षेत्र नम्वर ४ मा पटक पटक अन्तर्घातको शिकार भएको भन्दै गत निर्वाचनमा र यस पटकको निर्वाचनमा पनि अन्तर्घातकै कारण सह–महामन्त्री महेन्द्र यादवलाई जिताउन असफल भएको बताए ।

उनले प्रदेश र प्रतिनिधिसभाबाट हामीहरुले चन्द्रमोहनलाई कारबाहीका लागि सिफारिस पठाएका छौं तर, अहिलेसम्म कारबाही नभएको बताउँदै उनले अन्तर्घातीहरुलाई संगै घुमाएकोप्रति हामीहरु दुःखी भएको नेता कोइरालालाई सुनाए ।

उनले भने–‘तपाई ती अन्तर्घातीलाई संगै घुमाइ रहनु भएको छ त्यसले हाम्रो आत्मसम्मानमा ठेस लागेको छ ।’ उनले पार्टीमा कडाइका साथ अनुशासन लागु हुनुपर्ने माग गर्दै कारबाहीका लागि सिफारिस भएकाहरुमाथि छानबिन गरी कारबाही हुनुपर्ने बताए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब