अख्तियारको पत्रले मुख्यमन्त्री कार्यालयमा खैलाबैला

  • भदौ १८, २०८० | ३८७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ भाद्र । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रले खेलाबैला मचेको छ ।

गत हप्ता अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एकजना कर्मचारीको विषयमा जानकारी माग्दै पत्राचार गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार निजामती ऐन विपरीत कर्मचारी भर्ना गरी तलब, सुविधा उपलब्ध गराइएको उल्लेख रहेको सो पत्रमा १५ दिन भित्र आवश्यक कागजात र राय समेत पठाउन भनिएको छ । स्रोतका अनुसार राजनीतिक नियुक्ति गरिएका कर्मचारी बारे अख्तियारले चासो लिएको छ ।

प्रथम श्रेणी (सहसचिव)स्तरको नियुक्ति गरिएका कर्मचारीको सो अनुसारको योग्यता नरहेको उजुरी अख्तियारमा परेको बताइएको छ । त्यसपछि आयोगले मुख्यमन्त्री कार्यालयसित नियुक्ति प्रकृयाबारे राय सहितको फाइल माग गरेको छ । मधेश प्रदेश निजामती ऐनमा राजनीतिक नियुक्ति हुनेको हकमा योग्यता नतोकिएको एकजना कर्मचारीले बताए ।कर्मचारीका अनुसार राजनीतिक नियुक्ति मुख्यमन्त्रीको निर्देशनमा हुने भएकाले योग्यताको विषय सोधखोज गरिदैन् ।

प्रदेश निजामती ऐनमा समेत योग्यता नतोकिएकाले नियुक्ति गैरकानुनी नभएको ती कर्मचारीले दाबी गरे । तर अख्तियारको पत्रले नियुक्ति प्रकृया र योग्यता दुबैमाथि प्रश्न उठाएकाले गैरकानुनी ठहरे खाएको तलब, सुविधा समेत फिर्ता गर्नुपर्ने ती कर्मचारीले बताए । विगतको सरकारमा अख्तियारले साइकल खरिद प्रकरणमा मुद्दा चलाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट विकास सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु हटाइएको छ ।

हाल मुख्यमन्त्री कार्यालयमा प्रदेशको कुनै कार्यक्रम रहेको छैन् । अख्तियारले साइकल खरिदमा मुद्दा चलाएपछि मधेश भवनमा झण्डै ५ हजार साइकलमा खिया लाग्न थालेको छ । कयौं कार्यक्रमहरु नराम्ररी प्रभावित भएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयमा नियुक्त भएका कर्मचारीमाथि योग्यताको विवाद उठेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय फेरि चर्चामा आएको छ ।

विवादमा रहेका कर्मचारीलाई भने जोगाउन सरकार सकृय भएको छ । प्रमुख सचिवसित यसबारे जानकारीका लागि सम्पर्क गर्ने प्रयासगर्दा उनले फोन उठाएनन् । उनले प्रदेश सरकारको स्वामित्वमा रहेको ९८५४०२०१४४ नम्बरको मोबाइल फोन प्रयोगमा राखेका छन् । मन्त्रालय स्रोतले थप विवरण उपलब्ध गराउन चाहेनन् । यस सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी मन्त्री सुरिता साहलाई सम्पर्क गर्ने प्रयासगर्दा उनको नम्बर उठेन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब