संविधान दिवसको कुनै औचित्य छैन् : प्रभु साह

  • भदौ २६, २०८० | ४३० पटक पढिएको | सीमा संदेश
alt

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान संविधानको अन्त्येष्टि गर्नुपर्ने बताएका छन् । सरकारले असोज ३ गते संविधान दिवस उत्सवका रुपमा मनाउने तयारी गरेको बेला उनले संविधान दिवसको कुनै औचित्य नभएको सार्वजनिक रुपमा धारणा व्यक्त गरेका छन् ।

विराटनगरमा सोमवार आजपाको कोशी प्रदेश स्तरीय बैठकमा बोल्दै अध्यक्ष साहले अहिलेको व्यवस्था ‘गुण्डा व्यवस्था’ भएको टिप्पणी गर्दै यो संविधानले नेपाली जनताको चाहना पूरा हुन नसक्ने बताए । ‘अहिलेको संविधानको रक्षा गर्न सकिदैन् । अहिलेको व्यवस्था र संविधानले देशलाई अगाडि बढाउन सक्दैन् ’ साहले भने, देशमा लोकतन्त्र होईन, दलतन्त्र छ ।’ ‘नेपालमा राजतन्त्र फालेर लोकतन्त्र ल्याउने भनियो तर लोकतन्त्र हैन, दलतन्त्र आएको छ ’ उनले ठूला दलका नेताहरुप्रति कटाक्ष गर्दै भने, आजको दिनमा राजतन्त्र त हट्यो तर छोटे राजाहरुको जन्म भएको छ ।’ अहिले कुनै पनि कार्यालयमा बिना घुसको काम गराउन सकिने अवस्था नभएको बताउँदै साहले ती भ्रष्टहरुलाई ठुला दलका शीर्ष नेताहरुले नै संरक्षण गरिरहेको आरोप लगाए ।

विदेशमा मौज गरिरहेका, नेपालबाट लुटेर विदेशमा पुगेकाको पक्षमा सरकार उभिने गरेको तर विदेशमा मजदुरी गर्ने श्रमजीवि मजदुरलाई हेला गर्ने काम सरकारबाट भइरहेको उनले आरोप लगाए । ‘भगौडा दलालको पक्षमा कानुन निर्माण गर्ने, नेपालमा लुटेर विदेशमा मौज गर्नेकै पक्षमा लाग्ने सरकार उनीहरुकै पक्षमा थप कानुन बनाएर नेपालको पैसा विदेशमा पु¥याउन काम गरिरहेका छन’ साहले भने, ‘तर विदेशमा श्रम गर्ने, विदेशमा काम गरेर नेपालमा पैसा पठाएर नेपाललाई समृद्ध बनाउन चाहने युवा, श्रमिकको पक्षमा सरकार नलाग्नु दुर्भाग्यपूर्ण हो ।’

मुलुकलाई समृद्ध बनाउन आम जनताको शासन आवश्यक रहेको बताउँदै उनले दलतन्त्र र मुठिभर नेताहरुको गलत क्रियाकलापले देशको आर्थिक अवस्था झनझन बिग्रदै गएकोमा उनले चिन्ता व्यक्त गरे । एक मधेश एक प्रदेशको नारा दिने तर मधेशलाई लुट्ने काम बाहेक अरु केही नभएको बताउँदै उनले मधेश विकासको सूचकांकमा किन पछाडि पर्यो भन्ने विषयमा जवाफ लिनुपर्ने बताए । एक मधेशको नारा दिएर आठ जिल्लाको मधेश बनाउने काम किन भयो ? उनले प्रश्न गरे । ‘तराई मधेश हिजोको दिनमा समृद्ध थियो । छुटै गौरव महसुस हुन्थ्यो तर आज त्यही समृद्ध मधेशलाई लुट्ने बाहेक अरु केही भएको छैन् ’ साहले भने, हिजोको दिनमा पहाडबाट मान्छेहरु तराईमा झर्दा गौरव महसुस गर्थे, तराईमा बसाईसराई गर्न चाहन्थे । ‘मधेश हरेक हिसावले समृद्ध भए पनि यहाँ, शिक्षा, स्वास्थ्य, विकास लगायतका क्षेत्रमा निकै पछाडि छ ?

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब