संविधानको व्यवस्थामै त्रुटि छ : उपेन्द्र यादव

  • भदौ २६, २०८० | ४७३ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको बताएका छन् । सरकारले संविधान दिवस तीन दिनसम्म विशेष उत्सवको रुपमा मनाउने निर्णय गरेको बेला सत्ता साझेदार जसपाका अध्यक्ष यादवले संविधानमा सरकार गठन प्रक्रियामा गंभीर त्रुटि रहेको बताएका छन् ।

‘संविधानमा त्रुटिकै कारण कोशी प्रदेशमा सरकार गठनमा समस्या सिर्जना भएको छ ’उनले भने, सरकार गठनसम्बन्धी ५ चरणसम्मको व्यवस्था राख्नु नै त्रुटि हो । ‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना सामान्य हुन्’ अध्यक्ष यादवले भने, संसदीय व्यवस्थामा दुई तिहाई नजिक भएका दलहरु पनि धरासायी भए ।

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– हाम्रो सिस्टममै दोष छ । ‘ हालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ उनले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले भने, मन्त्रिमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नु हुँदैन ।’ कांग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको यादवले बताए ।

‘मोर्चाले काँग्रेससँग सहकार्य गर्दै अगाडि बढ्छ ’ उनले भने, भ्रमबस कोही साथीहरु तर्सिनु भएको छ भने त्यहाँबाट मुक्त हुनुपर्छ । मोर्चा र काँग्रेस सहकार्यका साथ अगाडि बढ्छौं,’ यादवले भने ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब