विराटनगरमा २ महिनाका लागि निषेधित क्षेत्र घाेषणा

  • असोज १, २०८० | ४३६ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जरुरी सूचना निकालेर साेमवार बिहान ६ बजेदेखि सर्वसाधारण तथा गाडी आवातजावातबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नालगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराउनुभएको हो ।

सूचनामा विराटनगरमा रहेको प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालयलगायतको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेका बेला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब