संविधान दिवसलाई लोसपाले कालो दिवस मनाउने

  • असोज २, २०८० | ३३५ पटक पढिएको | सीमा संदेश
alt

सरकारले तीन दिनसम्म भव्यताका साथ संविधान दिवस मनाउने घोषणा गरेको बेला सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले कालो दिवस मनाउने घोषणा गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने उल्लेख गरेका छन् । लोसपाले ‘असोज ३ कालो दिन’को रुपमा मनाउँदै आएको छ ।‘२०७२ साल असोज ३ गते नेपाल सरकारले एकतर्फी रुपमा जारी गरेको संविधानको हामी विरोध गर्दै आएका छौ’ अध्यक्ष ठाकुरले भने, संविधान संशोधन गर्न हाम्रो माग सम्बोधन नभएकाले विरोध प्रदर्शन जारी छ । उनले पार्टीका जिल्ला र विभिन्न निकायहरुलाई विरोध प्रदर्शन गर्न आग्रह गरेका छन् । खुलेर संविधानको विरोध गर्ने लोसपा एकमात्र पार्टी देखिएको छ । संघीय सरकारमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम मन्त्री रहेका छन् ।मधेश प्रदेश सरकारमा पनि लोसपाको सहभागिता छ । सरकारको घोषणालाई विरोध गर्दै लोसपाले संविधानको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा प्रभावकारी भूमिकामा रहेको जनता समाजवादी पार्टी(जसपा)ले भने संविधानको विरोधमा औपचारिक कार्यक्रम गरिरहेको छैन् । संघीय सरकारमा मन्त्री रहेकाहरु संविधान दिवसको औपचारिक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् । तर मधेश प्रदेशका मुख्यमन्त्री र जसपाका मन्त्रीहरु भने संविधान दिवसको दिन कुनै कार्यक्रममा सहभागी हुने गरेका छैनन् । मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन परिसरमा कर्मचारीहरुले संविधान दिवसमा औपचारिकता निर्वाह गर्ने कार्यक्रम गरे पनि त्यसमा सरकारको सहभागिता रहने गरेको छैन् ।

मधेश प्रदेशका ८ जिल्लामा सरकारी स्तरबाट पनि संविधान दिवसको अवसरमा प्रभावकारी कार्यक्रम देखिदैन् । प्रदेश सरकार नै संविधान दिवसप्रति उदासीन रहेकाले सरकारी स्तरबाट उत्साहपूर्ण ढंगले कार्यक्रम मनाइँदैन् । मधेशमा संविधानको विरोध भइरहेकै बेला राजावादीको ट् याग भिरेको राप्रपा नेपालले पनि असोज ३ गतेदेखि नै देश व्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब