संविधान संशोधन स्वीकार्य हुँदैन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

  • असोज ३, २०८० | ३२३ पटक पढिएको | सीमा संदेश
alt

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजित ‘नेपालको संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उपाध्यक्ष पोखरेलले संविधान संशोधनको आवश्यकता पुष्टि भए एमालेले त्यसमा सहयोग गर्ने स्पष्ट पारे । “संविधान संशोधन हुन्छ तर त्यसको आवश्यकता पहिचान र औचित्य पुष्टि हुनुप¥यो”, पोखरेलले भने–“तर आवश्यकता र आधारबिना देशलाई क्षति हुने संविधान संशोधनको कुरा नेकपा एमालेलाई स्वीकार्य हुँदैन । त्यसको पक्षमा पार्टी छैन ।” त्यसैगरी उनले प्रदेश र स्थानीय तहको अधिकारका सवालमा नमिलेका कुरा मिलाउन भने संविधान संशोधन गर्न एमाले तयार रहेको बताए ।

संविधानसभा अध्यक्ष स्व. नेम्वाङले नेपाली राजनीति र संविधान निर्माणमा खेलेको भूमिकाबारे जति चर्चा गरे पनि अपूरो हुने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा छ सय एक जनप्रतिनिधि र भिन्न पृष्ठभूमिका राजनीतिक दललाई मिलाएर संविधान जारी गर्न नेम्वाङको अतुलनीय योगदान रहेको स्मरण गरे । “देशलाई अनिश्चितताको भूमरीबाट जोगाउन स्व नेम्वाङले खेलेको भूमिकाकै कारण नेपालमा गणतान्त्रिक नेपालको संविधान जारी भएको हो । नब्बे प्रतिशतभन्दा बढी संविधानसभा सदस्यलाई सहमतिमा ल्याएर संविधान निर्माणलाई अन्तिम रूप दिनुभएका नेम्वाङको निधनले नेपाली राजनीति र हाम्रो पार्टीलाई अपूरणीय क्षति भएको छ”, पोखरेलले भने ।

कार्यक्रममा पार्टी सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले स्व नेता नेम्वाङले विभिन्न पृष्ठभूमिका राजनीतिक दललाई सहमतिमा ल्याउन र संविधान जारी गर्न नदिने षड् यन्त्र परास्त गर्न खेलेको भूमिका सधैँ स्मरणीय रहेको बताए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब