३९ शाखा अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?

  • असोज ६, २०८० | ६३५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । नेपाल सरकारका ३९ जना शाखा अधिकृत तथा सो स्तरीय कर्मचारीहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक तथा प्रशासनतर्फका अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय सतर्कता केन्द्रकी इन्जिनियर मनीषा भट्टराईको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रकाश पौडेलको गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मित्रलाल भट्टराईको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सर्वोच्च अदालत वा अन्तर्गतका बोधनाथ पौडेलको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गृह मन्त्रालयका गणेश प्रसाद कोइरालाको जिल्ला समन्वय समितिको कार्यालय दैलेख, सङ्घीयमा दरबन्दी रही काजमा सत्य निरूपण तथा मेलमिलापमा कार्यरत तुल बहादुर काउचा र दिनेश के.एम.को गृह मन्त्रालयमा सरुवा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका राजन पाण्डेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गृह मन्त्रालयका विष्णु साहनीको राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालयकै वरदान सेजुवाल र राजेन्द्र कुमार कार्कीको क्रमशः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृतद्वय माधव प्रसाद पोखरेल र विमला क्षेत्रीलाई क्रमशः गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ । 

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकी विना नेमकुल श्रेष्ठको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका भक्त बहादुर खड्का सहरी विकास मन्त्रालय, सहरी विकास मन्त्रालयका इन्जिनियर सरोज आचार्यको जिल्ला समन्वय समितिको कार्यालय कास्की, सामान्यको अतिरिक्तमा दरबन्दी रही मुख्यमन्त्री कार्यालय बागमतीमा काज रहेका हरि प्रसाद अधिकारी जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी पशु चिकित्सक रुविना शाह वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालयका सुवास राई जिल्ला समन्वय समिति मोरङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गणेश प्रसाद आचार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र निर्वाचन आयोगकी रंजीता झा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको विवरण प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ । 

यसैगरी अर्नमा गाउँपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंह राष्ट्रिय योजना आयोग, जिल्ला समन्वय समिति सिरहाकी द्रोपती कुमारी यादव अर्नना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो पकाहा नैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, गृह मन्त्रालयका हुमलाल भुसाल सुस्ता गाउँपालिका नवलपरासी र त्यहाँका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा भएको छ । 

मन्त्रालयले सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवलाई हरिपूर्वा नगरपालिका सर्लाही, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नागेन्द्र यादवलाई लक्ष्मीनिया गाउँपालिका धनुषा, लक्ष्मीनियाका राम उदगार अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश र लुम्बिनी मुख्यमन्त्री कार्यालयका कृष्ण प्रसाद ज्ञवालीलाई इश्मा गाउँपालिका गुल्मीमा सरुवा गरेको छ । 

यस्तै माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई जिल्ला समन्वय समिति पाँचथर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कुमार बस्नेतलाई माईजोगमाई गाउँपालिका इलाम, निर्वाचन आयोगका रेवत बहादुर बुढाथोकीलाई सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, तातोपानी गाउँपालिकाका टेक बहादुर बुढथापालाई बेथानचोक गाउँपालिका, बेथानचोकका खेमराज छिनाललाई तादी गाउँपालिका नुवाकोट, फिक्कल गाउँपालिका सिन्धुलीका राजेन्द्र कार्कीलाई मकवानपुर गढी गाउँपालिका, साकेला गाउँपालिका खोटाङका महेश राईलाई खोटेहाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकर कुमार साहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरलाई गौशाला नगरपालिका महोत्तरीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको विवरण प्रशासन विशेष ब्युरोलाई प्राप्त भएको छ । 

पछिल्लो समय मन्त्रालय सरुवा आतङ्क तथा निमित्त प्रथा रोक्न लागि परेको छ । स्थानीयका अनुभवी सचिव विनोद प्रकाश सिंहले आवश्यकता अनुसार न्यायिक सरुवा तवरले मात्रै सरुवा हुने भन्दै मनलाग्दी सरुवा नहुने बताएका छन् भने मन्त्री अनिता देवी साहले पनि नागरिकलाई सहज सेवा प्रदान गर्ने गरी कर्मचारीको व्यवस्थापन गर्दै अस्थिरता हटाउने बताउँदै आएकी छिन् । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब