मलड्डवामा कर्फ्युमा थप कडाइ

  • असोज ८, २०८० | ३५४ पटक पढिएको | सीमा संदेश
alt

मलङ्गवामा बिहीबार राति १० बजेदेखि जारी कर्फ्यु आइतबारबाट थप कडाइका साथ लागु गरिएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले कर्फ्यु उल्लङ्घन गरेर ढुङ्गामुढा र प्रदर्शनमा उत्रने व्यक्तिलाई पक्राउ गर्न सुरु गरिएको जानकारी दिए । उनका अनुसार कर्फ्यु पालना गराउन तथा आम नागरिकको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले मलङ्गवाका ठाउँ–ठाउँबाट कर्फ्यु उल्लङ्घन गर्नेलाई पक्राउ गरिरहेको छ ।

प्रदर्शन नरोकिएको र शान्ति भङ्ग हुनसक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेशलाई निरन्तरता दिएको जनाएको छ । मलङ्गवामा जिल्लासहित मातहतका विभिन्न युनिट, प्रदेश तथा विभिन्न गणबाट समेत नेपाल प्रहरी र सशस्त्र दुवैको थप मद्दत टोली परिचालन गरिएको छ । आइतबारबाट नेपाली सेनाले समेत गस्ती थालेको जनाइएको छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सामाजिक सञ्जालमा आगजनी, तोडफोडजस्ता अफवाह फैलाइएकाले त्यसपछि नलाग्न अनुरोध गरेका छन् । नागरिक समाज, सञ्चारकर्मी र अन्य अगुवा व्यक्तिले नै सामाजिक सञ्जालमा जथाभावी लेख्दा बाहिर गलत हल्ला फैलिएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले धार्मिक सद्भाव र शान्ति कायम गर्ने कार्यमा सकारात्मक सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । उनले स्थिति नियन्त्रणमै रहेको र कर्फ्यु हटाएर जनजीवन सामान्य बनाउन आइतबार पनि जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालासँग छलफल गरिएको जानकारी दिए ।

चार दिनदेखिको कर्फ्युका कारण मलङ्गवासीको दैनिक जीवन कष्टकर बनेको छ । अत्यावश्यक काम परेका स्थानीय घरबाहिर निस्कन पाएका छैनन् भने मलङ्गवामा काम परेर जानुपर्नेहरु पनि समस्यामा परेका छन् । हाटबजार ठप्प हुँदा दैनिक उपभोग्य सामग्री किन्न समेत नपाएको स्थानीयको गुनासो छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब