जनकपुरधाममा आज गौ हत्या विरुद्ध विरोध सभा

  • असोज १२, २०८० | ३४४ पटक पढिएको | सीमा संदेश
alt

विश्व हिन्दू परिषद्ले गौ हत्या विरुद्ध शुक्रबार शान्तिपूर्ण विरोध सभा गर्ने भएका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको अध्यक्षतामा शुक्रबार जानकी मन्दिरको प्राङ्गणबाट विरोध सभा निस्कने जनाइएको छ । विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा गौ हत्या भइ रहँदा पनि सरकार मूक दर्शक भएर बसेको बताउँदै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध सभा गर्न लागेको उत्तराधिकारी महन्थ रोशनले जानकारी दिए ।

गाई नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रुपमा परापूर्वकाल देखिनै मान्दै आएका कारण केही अतिबादीहरुले हिन्दू सनातनधर्ममाथि प्रहार स्वरुप गौ हत्या गर्ने गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनुनै सनातनीहरुमाथिको पहिलो आक्रमण थियो तर, अब हिन्दूहरु जागरुक भइसकेको उनले बताए ।

विभिन्न चाडपर्वमा कुनै न कुनै बहानामा हिन्दूहरुमाथि आक्रमण हुँदा पनि सरकार र सरकारी निकायको मौनताले हिन्दूमाथि प्रहार भएको हिन्दूबादी संघ संस्थाहरुको बुझाई छ । ‘पटक पटक आक्रमण गर्नु र पछि सद्भाव कायम राख्न आग्रह गर्छन्’ उत्तराधिकारी महन्थ रोशनले भने–‘सद्भाव राख्ने काम सबै पक्षको हुन्छ भन्ने कुरालाई मनन गर्न जरुरी छ ।’

सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु भन्दा सनातनीहरुकोलागि दुःखद के हुन्छ भन्दै उनले आफूहरु खबरदारी स्वरुप शुक्रबार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए । जनक भूमि, जानकी जन्म स्थल र शान्तिका दूत मानिएका गौतम बुद्धको जन्म स्थलमा हत्या हिंसा तथा गौ हत्या गर्नेमाथि प्रतिबन्ध नलगाउनु गम्भिर पक्ष भएको बताएका छन् ।

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब