टिकटकले गर्दा वास्तविक कलाकार ओझेलमा

  • असोज १५, २०८० | ४७९ पटक पढिएको | सीमा संदेश
alt

टिकटकरका कारण वास्तविक गायक कलाकार ओझेलमा परेका छन् ।

चिनिया एप टिकटकमा सानो सानो गीतहरुमा छाडा नृत्य र कमेडि गरी चर्चामा आएका टिकटक स्टारहरुका कारण वास्तविक कलाकारहरु ओझेलमा पर्न थालेका छन् । टिकटक एप एकछिनका लागि मात्र मनोरञ्जन प्रदान गर्ने एप हो । त्यसमा कुनै भोजपुरी, मैथिली, हिन्दी, नेपाली वा अन्य भाषाको गीतको एक दुई मिनेटको सानो क्लिपमा मात्र नाच्ने, गाउने र आफ्नो कला देखाउने अप्सन दिएको हुन्छ । एक दुई मिनेटको सानो क्लिपमा नाच्न, गाउन, क्यारिकेचर र एक्टिङ्ग गर्न निकै सहज छ त्यस कारण खासगरी अहिलेका युवा युवतीहरु सबै काम धन्दा छोडेर दिनभरि टिकटक नै बनाउने र रमाउने गरेका छन् ।

एक दुई मिनेटको भिडियोमा आफ्ना कला प्रदर्शन गरेर भाइरल बनेका टिकटक स्टार भन्नेहरुबाट गीत संगीत र नृत्यकै माध्यमले वर्षौ देखि आफ्ना जीवन गुजारा गर्दै आएका गायक कलाकारहरुको भविष्य धरापमा परेको छ । टिकटकमा भाइरल भइ चर्चामा आएका टिकटकरहरुले आफूलाई गायक कलाकार भन्दै हिड्न थालेपछि वास्तविक गायक कलाकार को हो भनी छुट्याउन वा पहिचान गर्न समस्या हुन थालेको छ । टिकटकरहरुले अहिले वास्तविक कलाकारहरुलाइ ओझेलमा पारिदिएको भन्दै वास्तविक कलाकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

माधवनारायण नगरपालिकामा घर भएका भोजपुरी गायक मनोज यादवले भने’ कलाकार बन्न हामीलाई धेरै मिहिनेत गर्नुपर्यो । यो ठाउँसम्म आइपुग्न धेरै समय लाग्यो र थुप्रै पैसा पनि खर्च भयो अनि मात्र आज यो ठाउँमा आइपुगेका छौं तर अहिले बिना मिहिनेत र पैसा खर्च गरी टिकटकको एक दुई मिनेटको भिडियोमा नाचेर टिकटकरहरुले आफूलाई कलाकार भन्न थालेपछि आफूहरु ओझेलमा नपर्ने कुरै भएन, ।’ टिकटकमा सस्तो लोकप्रियता कमाएका टिकटकहरुका कारण वास्तविक कलाकारहरु कलाकारिता क्षेत्रबाट पलायन हुने स्थिति सृजना हुनेप्रति आफू निकै चिन्तित रहेको उनले बताए । टिकटकरहरु कहिल्यै कलाकार बन्न नसक्ने बताउँदै उनले टिकटकर र वास्तविक कलाकारमा आकाश जमिनको फरक रहेकोले वास्तविक कलाकारलाई सबैले पहिचान गर्नुपर्ने उनले बताए ।

यसैबीच रौतहटमा पछिल्लो समय कुनै कार्यक्रम, उत्सव, मेला, महोत्सव गर्नुपर्दा टिकटकर कलाकारलाई नचाउने होड्बाजी नै चलेको देखिएको छ । चिनिया एप टिकटकको माध्यमले अश्लील गीत र भिडियोमा आफ्ना शरीरका संवेदनशील अंगहरु देखाउँदै नाचेर भाइरल बनेका महिला कलाकारहरुलाई प्रस्तुति दिन रौतहटस्थित विभिन्न कार्यक्रममा बोलाउने क्रम बढेको छ । अहिले जिल्लामा कुनै धार्मिक तथा साँस्कृतिक कार्यक्रम, मेला, महोत्सव, उत्सव वा राजनीतिक दलको कार्यक्रम गर्नु परेमा अत्याधिक भीड जम्मा गरी लोकप्रियता कमाउन सबैले मन पराउने टिकटक कलाकारहरुलाई ल्याउने गरिएको छ । अहिले अधिकांश व्यक्ति टिकटक हेर्ने, भिडिया बनाउने र रमाउने गरेका छन् । टिकटकमा खासगरी युवतीहरुले विभिन्न अश्लील भोजपुरी गीतमा नाच्ने, आफना शरीरका अति संवेदनशील अंगहरु देखाउने जस्ता गर्ने गरेको हर्कतले अहिले सबैको ध्यान टिकटकिया कलाकारहरुतर्फ गएको देखिन्छ ।

समाजले पचाउनै नसक्ने खालका अश्लील गीतमा आफ्नो शारीरिक अंग प्रर्दशन गरी पहिला टिकटकमा अश्लीलता एवं विकृति फैलाएका टिकटकरहरुले अहिले स्टेजको माध्यमले गाउँ समाजमासमेत अश्लीलता फैलाउन थालेका छन् । जिल्लाका जिम्मेवार जनप्रतिनिधिहरुले नै यतिखेर आ–आफना कार्यक्रममा टिकटकर कलाकारलाई नै बोलाउने गरेका छन् । विभिन्न राजनीतिक दलका नेता एवं जनप्रतिनिधिहरुले स्टेज एवं मञ्चमा नै बसेर टिकटकर कलाकारहरुको अश्लील नाचगान र प्रदर्शन हेरेर आनन्द लिने गरेका छन् । समाजलाई अश्लीलता र विकृति विसंगति फैलिनबाट जोगाउनुकोसट्टा जिल्ला नेता तथा जनप्रतिनिधिहरुले उल्टै टिकटकरहरुलाई आफ्नै अगाडि अश्लील गीतमा अश्लील डान्स गराएर समाजमा विकृति तथा अश्लीलता फैलाउने कार्यलाई बढावा दिने काम गरिरहेका छन् ।

समाजमा अश्लीलता फैल्नबाट रोक्न यहाँका नेता, जनप्रतिनिधि तथा अन्य सबै व्यक्तिले टिकटकर कलाकारहरुलाई अश्लील गीतमा नाचगान गर्न प्रतिबन्ध लगाउनुपर्ने स्थानीयबासीहरुको भनाइ छ । पढाइमा ध्यान दिनुको साटो बालबालिकाहरु अहिले दिनभरि नै बसेर टिकटक बनाउने र हेर्ने गर्छन । अमेरिका र भारतले टिकटक एपमा प्रतिबन्ध लगाइसक्दा पनि नेपाल सरकारले भने अझै टिकटकमा प्रतिबन्ध लगाउन नसक्दा हाम्रो समाज दिनप्रतिदिन विकृति, विसंगति र अश्लीलतातर्फ धकेलिदै गएको देखिएको छ ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब