सिरहा, १९ असोज । सिरहा नगरपालिकमा प्रशासकीय प्रमुखका रुपमा बलिराम यादबले आजबाट पद भार ग्रहन गरेको छ । व्यवस्थापकीय कार्यकैशलताका धनी यादबलाई नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले समूहिक रुपमै फुलमाल र अवीर लागई पद भार ग्रहन गराएका छन्।
यादबले सिरहा नगरपालिकका दोस्रो पटक प्रशासकी प्रमुखका जिमेवारी सम्हालेका छन् । विगत नौ महिनामा तीनवटा हाकिम सरुवा भई नगरपालिकमा सिफारिस भएपनि फाल्गुनमा दिलिप कुमार यादब हाजिर भएको थियो ।
विकासका रुपमा पछाडी परेको सिरहा नगरपालिकाका नगरवासीले नौ महिनामा दैनिक रुपमा लिने सेवा पनि लिन पाईरहेको थिएन् भने विकासका कार्यक्रम पनि व्यवस्थित हुन सकेका थिएन्।

यादब हाजिर भएसँगै अब हाकीमलाई खोज्नु पर्ने दिन गयो, अब घरमा पनि र बाटो पनि दु ःख सुखमा हाकीम भेटछन् भनी नगरवासिहरुमा खुसी देखिएका छन् ।
यादबको कार्यकालमा नगरवासिका सम्पूर्ण कार्य सहज, सरल र समृद्ध होस शुभकामना ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved