मधेश सरकार : जनमत भागकको मन्त्रालय फुटाएर सुरिता साहलाई मन्त्रालय

  • असोज १९, २०८० | ३३० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असोज १९ गते । मधेश प्रदेश सरकारले मन्त्रालय फुटाएर सातौं पटक मन्त्री पुनर गठन गरेको छ । चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर मन्त्री परिषद पुनरगठन गरेको हो ।

सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ ।

सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेबारी दिएको हो । उनी शिक्षा तथा समाजक कल्याण मन्त्रालयका मन्त्री थिए ।

मुख्यमन्त्री तथा मान्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन गरेका हुन् ।

FB_IMG_1696598359275-744x1024

बिना विभागीय मन्त्री साह मुख्यमन्त्री कार्यालयमै जिम्मेबारी विहीन थिइन् । महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रत्यक्ष स्वतन्त्र चुनाव जितेकी साहलाई जसपाले पार्टी प्रवेश गराएर सरकार गठनको बेला सामाजिक विकास मन्त्रालय दिएको थियो । पछि मन्त्रालय फुटाउँदा मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई जिम्मेबारी बिहीन बनाए ।

मधेश सरकारको पहिलो गठनको बेला मुख्यमन्त्रीसहित सात मन्त्रालय मात्र थियो । जसपा विभाजनको बेला तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फोडेर १० वटा पुर्याएको थियो । गत वैशाखमा शक्ति सन्तुलन मिलाउ मन्त्रालयहरु फोडेर नयाँ नाम कायम गरी समायोजन गरेर १० वटा नै राखिएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब