एक महिलाको हत्या

  • असोज २०, २०८० | ३२२ पटक पढिएको | सीमा संदेश
alt

शुक्रबार बिहान वीरगञ्जमा एक महिलाको हत्या भएको छ ।

पर्सामा दुइ हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको छ । धारिलो हतियारले प्रहार गरी छपकैयाकी पुनम देवीको हत्या भएको प्रहरी स्रोतलेजनाएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारका लागि नेशनल मेडिकल कलेज पुर्याइएकोमा उनको अत्यधिक रक्तश्रावको कारण मृत्यू भएको जनाइएको छ ।

स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । पुनम देवीको श्रीमान भारतको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भार तकै दिल्लीमा छन् । घटनाबारे प्रहर ीलाई बिहान ४ बजे जानकारी गराइएको थियो ।

जितिया पर्वका लागि बिहानै उनको घरमा पुगेकी बहिनीले दिदीलाई अचेत अवस्थामा बेडमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यता प्रहरीले पुनम देवी हत्या प्रकरणमा एकजनालाई नियन्त्रणमा लिएको छ । हत्याको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइ नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब