नेकपा एमाले मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई आज शपथग्रहण गराइएको छ ।
प्रदेश अध्यक्ष मण्डलले उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मो. कैसलाई शपथग्रहण गराएका हुन् । यी चार पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा एमाले मधेश प्रदेशका पदाधिकारीले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहणसँगै अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको छ ।
प्रदेश समिति सदस्यहरू पनि सर्वसम्मत चयन भएको र उनीहरूको शपथग्रहण पछि गराइने बताइएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved