सिरहा, २८ असोज । बोरोको खेलाडिले खेल जितिन्छ, तर मन जितिन सक्दिैन्न । त्यसैले सधैँभरी मैदानमा पहिचान झलकाउन खेलाडी उत्पादनमा ध्यान दिन जरुरी रहेको सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले बताउनु भयो ।
सलहेश युवा क्लव सिरहाको दोस्रो साधारण सभा कार्यक्रमको प्रमुख अथितियका रुपमा मनतव्यका क्रममा यादबले भने, खेललाई पहिचानका रुपमा जिवान्त राख्न पनि स्थानीय स्तरबाटै खेलाडी उत्पादन गर्न जरुरी छ । बोरो निभर जितलाई स्थाईत्व दिन सकिदैन् । भोलिका दिनमा पनि सलहेश युवा क्लवलाई बचाई राख्न पनि खेलाडी उत्पादनमा जोड दिन जरुरी छ ।
सिरहा नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा रखेको छ । तर आजको दिनमा मात्र मनोरञ्जनका लागि खेल आयोजना गरेर हुदैन् । समाजमा रहेको विकृति तथा व्यवसायिक रुपमै खेलाडी उत्पादनसँग जोडेर खेल आयोजना गर्ने पर्ने आवश्यता रहेको छ ।
सिरहा नगरपालिकाको १ देखि २२ वडा सम्मका युवालाई विद्यालय स्तरबाटै सहभागी गराई भोलीका दिनमा पहिचान स्थापति हुने गरी प्रस्तावना सहित आए हामी सहयोग गर्न तयार रहेको मेयर यादबले बताए ।
सिरहा नगरपालिकाले राष्ट्यि स्तरमा खेलिन कुनै पनि खेल खेल्न स्थानिय तहबाटै खेलाडी तयारका लागि चाहे हामी सहयोग गर्छौ । तर मात्र बोरोको भरमा पहिचान स्थापित गर्न नगरपालिकाको सहयोग हुदैन् । अब हुने खेल नगरपालिका जनताका हित तथा उत्पादन उन्मुख हुने गरी आयोजना गरिने यादबले प्रतिवद्धता गर्नु भयो।
सलहेश युवा क्लव सिरहा व्यवसायिक खेल खेलाउने संस्था रहेको संस्था अध्यक्ष राजिप कुमार यादबले बताए । हाम्रो संस्था व्यवसायिक रुपमा खेललाई प्राथमिकतामा राखि अगाडी बढिरहेको छ । व्यवसायिकै कारण आज सलहेश युवा क्लव देशमा मात्र नभई विश्व भरी पहिचान दिलाउन सफल भएको छ । भोलिका दिनमा पनि सबैका साथ सहयोग भए उच्च मनोवला साथ खेलिने यादबले बताए ।
सलहेश युवा क्लव व्यवसायि त भयो । तर सिरहावासीलाई व्यवासयिक लाभ दिन सकेको छैन् । बोरोमा मात्र खेलाडी बोकी पहिचान स्थापति गर्न भोलिका दिनमा पहिचान रहने कि नरहने भन्न सक्दिैन् । यसका लागि व्यवसायिकसँग सँगै सेवाका रुपमा पनि आफ्नै जिल्लामा खेलाडी उत्पादन गर्ने गरी अगाडी बढनु पर्नेमा कार्यक्रममा सहभागी अथितिय वक्क्ताहरुले बताए।
सलहेश युवा क्लवले दोस्रो साधारण सभाबाट पुनः राजिप कुमार यादबलाई अध्यक्षका रुपमा निरन्तरता दिईएका छन् । बरिष्ठ उपाध्यक्षमा अमरनाथ साह र उपाध्यक्षहरुमा नागेश्वर प्रसाद यादब, अशोक कुमार यादब, महासचिवमा कृष्ण कुमार यादब, सचिवमा प्रदिप कुमार यादब, कोषाध्यक्षमा सुनिल कुमार यादब लगायत १५ सदस्या कार्यकारणी समिति चयन गरका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved