चक्काजामले बिरामीको मृत्यु

  • कार्तिक २, २०८० | २७३ पटक पढिएको | सीमा संदेश
alt

बिरामी लिन हिडेको एम्बुलेन्सलाईसमेत बीच बाटोबाटै फर्किन बाध्य बनाएपछि समयमै उपचार नपाएर बुधबार उक्त बिरामीको ज्यान गएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीका १४ वर्षीय गौतमकुमार साहको ज्यान गएको छ । बुबा रामकृष्णका अनुसार बुधबार बिहान ११ बजेतिर गौतम बिरामी परेका थिए । अवस्था गम्भीर देखिएपछि उपचारका लागि बाहिर लैजान उनले डाक्नेश्वरी नगरपालिकामा रहेको एम्बुलेन्स बोलाएका थिए ।

चालक रामजतन मुखियाँ तत्कालै बिरामीलाई लिन एम्बुलेन्स लिएर त्यसतर्फ हिँडे । तर, नगरपालिका कार्यालयबाट २ सय मिटर दूरीमा मात्र पुग्दा गाउँकै पोखरीको ठेक्का विवादलाई लिएर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले एम्बुलेन्सलाई रोके । आफू बिरामी लिन हिँडेको जति सम्झाउँदा बुझाउँदा पनि प्रदर्शनकारीले मानेनन्, चालक मुखियाले भने उल्टै म माथि हातपात गर्दै एम्बुलेन्स नै तोडफोड गर्न थालेपछि बीच बाटो बाटै फर्किन बाध्य भए । उनले सय डेढसयको संख्यामा रहेका प्रदर्शनकारीले बाटो नै जाम गरिदिएको र कुनै पनि हालतमा जान नदिने अडान राख्दै आक्रमणमा उत्रेपछि आफू फर्किन बाध्य भएको सुनाए ।

डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले प्रदर्शनकारीहरु अराजक तथा अमानवीय शैलीमा प्रस्तुत हुँदा समयमै उपचार नपाइ बिरामीको ज्यान गएको बताए । उनले नगरकै एक पोखरी ठेक्का सम्बन्धी विवादमा एक पक्षले अराजकता मच्याउँदै नगरपालिकाको कार्यालय भवनमा समेत ढुंगामुढा गरेको बताए । समयमै उपचार नपाई मृत्यु भएका बिरामीको शव स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइ घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता प्रदर्शनकारीले एम्बुलेन्सलाईसमेत रोकेर गम्भीर अपराध गरेको भन्दै स्थानीयले प्रदर्शनकारीको पहिचान गरी कडा कारबाहीको माग गरेका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब