विद्युत् प्राधिकरणका कर्मचारीहरूबीच कुटाकुट

  • कार्तिक ३, २०८० | ४१९ पटक पढिएको | सीमा संदेश
alt

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका कर्मचारीहरूबीच कुटाकुट भएको छ । केन्द्रका हेल्पर प्रेमदास तत्मा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच कुटाकुट भएको छ ।

हेल्पर तत्माले निजी गाडीमा कार्यालयको भर्याङ लिएर जान खोज्दा जान नदिएपछि उनको गेट रोक्का गरिएको थियो । निजी कामको लागि सरकारी भर्याङ लिएर गइरहेकोले रोक्न खोज्दा सो विवाद भएको कर्मचारीहरूले बताएका छन् । स्टोर इन्चार्जलाई हेल्पर तत्माले चप्पल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ । वितरण केन्द्रको परिसरमा उत्पन्न भएको विवाद साम्य गर्न केन्द्र प्रमुख अवधेशकुमार दुबेको कार्यकक्षमा दुबै पक्षलाई बोलाइ छलफल भइरहेको बेला सहायक इन्जिनियर चन्द्रिका सिंहले तत्माको कठालो समाएर घाँटी थिचेकोसमेत प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

कर्मचारीहरूको कुटाकुटको विवाद र कार्यालय प्रमुखको कार्यकक्षमै पुनः कुटाकुट हुन थालेपछि करिब एक घण्टा कार्यालयको काम प्रभावित भएको थियो । अधिकांश सेवाग्राहीहरू अचानक कार्यालयमा के भइरहेको छ भन्ने बारेमा चकित परेका थिए । सरकारी कार्यालयमा अनुशासनहीन काम गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्छ र जनताको काम सक्दो चाँडो गर्नुपर्नेमा कर्मचारीबीचको कुटाकुटको घटनाले वितरण केन्द्रको प्रतिष्ठामा आँच पुगेको सेवाग्राहीहरूको भनाइ छ ।

यस विषयमा केन्द्र प्रमुख दुबेले सामान्य विवादमा दुबैबीच झगडा भएको स्वीकारे । साथै उनले दुबै पक्षलाई बसाएर छलफलको माध्यमबाट मिलापत्रसमेत गराइसकेको जानकारी गराए । उनले हेल्पर तत्माको व्यवहार उदेकलाग्दो भएकोमा दुःख प्रकट गर्दै उनलाई विभागीय कारबाहीको लागि आपूmले प्रक्रिया अगाडि बढाउने बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब