भारतीय गाडीबाट पेस्तोल र गोलीसहित युवक पक्राउ

  • कार्तिक ४, २०८० | ३८१ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । मोरङको धनपाल थानबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

भारतीय नम्बर प्लेटको स्करपिओ गाडीभित्र पेस्तोल र गोलीसहित सर्लाही हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् ।

पार्किङ गरेर राखेको बीआर ०६ पीए १३६३ नम्बरको स्करपिओभित्र पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्करपिओको ड्यासबोर्डभित्र कालो कपडाले बेरेर राखेको अवस्थामा गस्तीमा गएको प्रहरीले पेस्तोल फेला पारेको हो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब