धादिङ केन्द्रविन्दू भएर लगातार दुई परकम्प

  • कार्तिक ५, २०८० | २७३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । धादिङको खरी आसपास केन्द्रविन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन् ।आज बिहान  ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् । यसअघि आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब