जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चक्रपाणी पाण्डेले धनुषामा कुनै पनि ठाउँमा साँस्कृतिक कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रम गर्ने अनुमति नदिएको बताएका छन् ।
दुर्गा पूजाको अवसरमा धनुषाको विभिन्न स्थानमा ओरकेष्ट्रा, महिला नर्तकी नचाउने, टिकटोकर नचाउने कार्यक्रमहरु आयोजनाको प्रचार प्रसार भएको बेला न्यूज ब्यूरोको जिज्ञासामा सिडिओ पाण्डेले तराई मधेशको सँस्कृतिमा आधारित साँस्कृति गायक र नृत्य मात्र गर्ने गरी अनुमति दिएको बताए ।
साँस्कृति कार्यक्रमको सन्दर्भमा सिडिओ पाण्डेले यहाँ चलिआएको सँस्कृति अनुसारको नाचगान, धार्मिकता झल्काउने नाचगान मात्र गर्न पाउने बताए । उनले मैथिली, भोजपुरी, नेपाली वा हिन्दी भाषाकै गीत भएपनि अश्लिल शब्द, दोहोरो अर्थको गीतमा नाचगान भए प्रहरीले तुरुन्त रोकाउनेछ र आयोजकलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले साँस्कृति कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रममा कुनै पनि सुरक्षा नदिने जनाएका छन् । उनले धर्म सँस्कृति विरुद्धको नाचगानको लागि प्रहरीले नै सुरक्षा दिन थालेपछि प्रहरीको गरिमामाथि प्रश्न उठेको बताउँदै सुरक्षा दिन नसक्ने आयोजकलाई जवाफ दिएको बताए ।
यता, सबैलामा पनि आयोजन गरिएको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय सबैलाले सुरक्षा नदिने भनेपछि कार्यक्रम नुहने सँकेत देखिएको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved