धनुषाको लगमा बजारमा नाच्ने भनिएको नर्तकी प्रिति पासवानको कार्यक्रम रद्द

  • कार्तिक ७, २०८० | ४६३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमा बजार स्थित नाच्ने भनिएको नर्तकी प्रिति पासवानको सट्टा रद्द भएको छ । 

धनुषा प्रशासनले सोमबार सबैलामा भएको घटनालाई मध्यनजर गर्दै भोली बुधबार लगमा बजारमा हुने भनिएको पासवान टिमको नाच कार्यक्रम रद्द गरिएको हो ।

लगमाको दुर्गा मेला (सिद्धिदात्री देवी मन्दिर व्यवस्थापन समिति) ले मँगलबार आज एक सूचना जारी गर्दै कार्यक्रम रद्द भएको जनाएको हो । यद्यपी, सूचनामा समितिले स्थगित भनेर लेखेको हो। 

समितिले बुधबार अर्थात भोली कार्तिक ८ गते मेलामा प्रिति पासवान र उनको टीमलाई नचाउने कार्यक्रम तय भएकोमा वातावरण नमिलेको भन्दै स्थगित गरेको उल्लेख छ । मेला व्यवस्थापन समितिका सचिव दिपेन्द्र मोरबैताद्धारा जारी सूचनामा पासवान टीमको कार्यक्रम रद्द भएको जानकारी दिएको । 

सचिव मोरबैताले ईलाका प्रहरी कार्यालय खजुरीलाई पत्राचार गर्दै सो नाच कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो । यसअघि सुरक्षा र वर्तमान अवस्थालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले पटक पटक कार्यक्रम नगराउन आग्रह गर्दै आएका थिए । 

तत्पश्चात समेत समितिले जिल्ला प्रशासन कार्यालय धनुषाबाट साँस्कृतिक कार्यक्रम गराउने भनेर अनुमति ल्याएपछि ईन्सपेक्टर भट्टले साँस्कृति कार्यक्रममा सुरक्षा नै नचाहिने बताएपछि मेला समितिले कार्यक्रमको बारेमा जानकारी गराउँदै सुरक्षा माग गरेको थियो । तर, प्रहरीले यस्ता कार्यक्रममा कुनै प्रकारको सुरक्षा नदिने अडान लिएपछि कार्यक्रम रद्द गर्नुपरेको जनाईएको छ ।

सोमबार धनुषाको सबैलामा भएको प्रिति पासवानको कार्यक्रममा चप्पल जुत्ता, ढुँगामुढा भएपछि तीन प्रहरी र एक सँचारकर्मी समेत घाईते भएका थिए । सबैलाको घटनापछि प्रशासनले सक्रियता देखाउँदै कुनै घटना भए आयोजकले जिम्मा लिने भनेपछि समिति पछाडी हटेको हो ।

WhatsApp Image 2023-10-24 at 5_28_54 PM (1)

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब