ढोग नगरेको भन्दै कुटपिट गर्दा एकजनाको मृत्यु

  • कार्तिक ९, २०८० | ५९२ पटक पढिएको | सीमा संदेश
alt

सुर्खेत । सल्यानको बागचौर नगरपालिका-७ कोटबारामा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका-७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेका छन् ।

उनलाई कार्तिकको ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मापसे सेवन गरेर कुटपिट गरेका थिए ।

केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेको र घनश्यामले ढोग गर्न नमान्दा उनीहरूले कुटपिट गरेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानका प्रहरी प्रहरी निरीक्षक नवीन थापा मगरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने,’उनीहरूले मदिरा सेवन गरेर भोग गर्न लगाएका रहिछन् । घनश्यामले नमान्दा झगडा भएछ । त्यसपछि उनीहरुले कुटपिट गरेछन् । घनश्यामको स्वास्थमा समस्या आएपछि उनका आफन्तले धामीझाँक्रीलाई देखाएछन् । तर, घनश्यामले दुईदिन पछि मात्रै आफन्तलाई कार्तिक ४ गते कुटपिट गरेका थिए भनेर जानकारी दिएका थिए ।

त्यसपछि मात्रै दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा उपचारका लागि पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव हुँदैन नेपालगन्ज लैजान भनेका थिए । तर, घनश्यामका आफन्तले नेपालगन्ज नलिएर भारतको नानपारामा लिएको थियो । तर, आज उपचारको क्रममा मृत्यु भएको हो ।,

कुटपिट गर्ने कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापा मगरले बताए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब