‘प्रहरीले मृतकको चरित्र हत्या गरी भ्रम सृजना गरे’

  • कार्तिक १६, २०८० | ३५० पटक पढिएको | सीमा संदेश
alt

बारा जिल्लाको कलैयास्थित बाल एकता बोर्डिंग स्कुलका सञ्चालक रुपेश सर्राफ (स्वर्णकार) को हत्याको कारण र त्यसमा संलग्नताको विषयमा प्रहरीले मिथ्या सार्वजनिक गरेको पीडित परिवारले आरोप लगाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १ जना महिलासहित ५ जनालाई सार्वजनिक गरेको छ ।

त्यस क्रममा बरामद भएको मोटरसाइकल पनि प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सर्राफ हत्याको कारण महिलासित अबैध सम्बन्ध रहेको छ । तर शोकाकुल परिवारको तर्फबाट मृतकका आफन्त सुमोद कुमार सर्राफले बुधबार जारी गरेको विज्ञप्तिमा प्रहरीले केही महिना पूर्व बारा जिल्लाको पचरौतामा भएको हत्यामा संलग्न व्यक्ति र मोटरसाइकललाई सर्राफको हत्यासित जोडेर घटनालाई नै अन्यत्र मोड्ने प्रयास गरेको आरोप लगाइएको छ ।

दिनदहाडै भएको हत्याको कारण सृजित हुनसक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ति पाउन प्रहरीले मुद्दालाई अन्यत्र मोड्ने प्रयास गरेको विज्ञप्तिमा आरोप लगाइएको छ । ‘बिना प्रमाण मृतकको चरित्र हत्या गरिएको छ ’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई लाशको खेल गरे सबै कुरा सार्वजनिक गर्छु भनेर दाहसंस्कार गर्न दबाब दिएको तर जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चित्त बुझ्दो जवाफ दिन सकेको छैन् ।’

सुमोद कुमार सर्राफद्वारा हस्ताक्षर ८ बुंदे विज्ञप्तिमा घाइतेलाई अस्पताल पु¥याउने विद्यालयका कर्मचारी रियाज अंसारी र घटनास्थलमा हुँदै नभएका विद्यालयकै अर्का कर्मचारी जमिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाएर फसाउन खोजेको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रहरीले शान्तिसुरक्षा कायम गर्न नसकेको आरोपबाट उम्कन आमजनताका आँखामा भ्रम छर्न खोजेको आरोप लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको अभिव्यक्तिमासमेत भिन्नता रहेको औल्याउँदै विज्ञप्तिमा भनिएको छ , जिल्ला प्रहरी कार्यालयले दोषीहरुको दोषलाई उजागर गर्न सकेको छैन् । तर बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाको अनुसन्धान जारी रहेको बताउँदै प्रमाण र तथ्यहरु अझै संकलन भइरहेको बताए ।

‘अनुसन्धानको क्रम जारी रहेकाले कतिपय तथ्यहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छैन्,’ उनले भने, पीडित परिवारको कथनप्रति हाम्रो दुखेसो छैन् । कुनै प्रकारको दबाब र प्रभावमा नपरी स्वतन्त्र रुपमा अनुसन्धान भइरहेको उनले दाबी गरे । सर्राफको सोमबार दिउँसै हत्या गरिएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब