मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भीसी नियुक्ति : इन्टरभ्यूका लागि ९ जना सिफारिस

  • कार्तिक १९, २०८० | ५१४ पटक पढिएको | सीमा संदेश
alt

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भीसी)का लागि सबै आवेदक ९ जनाको नाम अन्तर्वार्ता( इन्टभ्यू)का लागि सिफारिस भएको छ ।

भीसीका लागि ९ जना चिकित्सकले आवेदन दिएका छन् । शनिबार उनीहरुको भावी कार्यको रुपरेखा प्रस्तुतिकरणको कार्यक्रम राखिएको थियो । त्यसमा सबै उम्मेदवार उत्तीर्ण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा सबै चिकित्सकहरु योग्य देखिएका छन् । सबैको प्रस्तुतिकरण अत्यन्त प्रशंसनीय रहेको बताइएको छ । कार्ययोजना समेतको प्रस्तुतिकरणमा योग्य देखिएका सबै चिकित्सकहरुको बुधबार अन्तर्वार्ता हुने भएको छ ।

भीसी छनोट समितिले अन्तर्वार्तामा उत्तीर्ण हुने तीन जनाको नाम नियुक्तिका लागि कुलपति रहेका मुख्यमन्त्री सरोज कुमार यादवमा सिफारिस गर्नेछ । उपकुलपति यादवले तीन जनामध्ये १ जना उपयुक्त उम्मेदवारलाई भीसीमा नियुक्त गर्ने छन् । भीसीका लागि उम्मेदवारी दिनेमा मधेश प्रदेश सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवका सम्धि डा.विश्वनाथ यादव पनि छन् । हाल उनी वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा फरेन्सिक विभागका प्रमुख हुन् । उनकी छोरी अध्यक्ष उपेन्द्र यादवकी एकमात्र बुहारी छिन् ।

डा.यादवलाई भीसी नियुक्ति गर्ने पक्षमा अध्यक्ष उपेन्द्र यादव र ज्वाई अमरेन्द्र यादवसमेत नरहेको बुझिएको छ । सम्धिलई नियुक्ति गर्दा राजनीतिक विवादमा पर्ने उच्च जोखिमको मुल्यांकन गर्दै अध्यक्ष यादव स्वतन्त्र रुपमा नै भीसी चयन हुनुपर्ने धारणा व्यक्त गर्न थालेका छन् । कार्यपत्र प्रस्तुतिकरणमा सबै डाक्टर अब्बल देखिए पनि भीसीको अन्तिम छनोटमा ६ जना अयोग्य ठहरिनेछन् । उपकुलपतिलाई भीसी नियुक्तिको सिफारिस गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस समिति गठन गरेको छ ।

सो समितिले गरेको सिफारिस भित्रका ३ जनामध्ये १ जनालाई भीसी नियुक्ति गर्नुपर्ने उपकुलपतिको बाध्यात्मक व्यवस्था ऐनमा रहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधनपछि सरकारले अर्को भीसी नियुक्ति गर्न थालेको छ । प्रतिष्ठानमा झण्डै १ वर्षदेखि भीसी छैनन् । डा.साहको निधन भएको ३ महिना मात्र भए पनि उनी बिरामी भएदेखि गत वर्षको कात्तिकदेखि कार्यालय राम्ररी जान सकेका थिएनन् । तर उनले राजीनामा पनि नगरेका कारण भीसी नियुक्त हुन सकेको थिएन् । भीसी डा.साहको देहावसान भएको ३ महिना बितिसकेपछि नयाँ भीसी नियुक्तिको प्रक्रिया अगाडी बढाइएको छ ।

नयाँ भीसी नियुक्तिका लागि कार्यपत्र प्रस्तुति शनिबार सम्पन्न भइसकेको छ । बुधबार अन्तर्वार्ताको तिथि निर्धारण गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना सम्धिलाई बनाउन चासो नदेखाएपछि हाल रेक्टर रहेका डा.अंकुर साह अग्रपङतीमा देखिएका छन् । काठमाण्डुको मेडिकल काउन्सिल लगायत स्वास्थ्य शिक्षासित सम्बद्ध सरकारी संस्थाहरुमा प्रभाव बनाएका डा. साहको रेक्टरमा नियुक्ति गरिएको थियो । तर उनी रेक्टरको कार्यकाल बाँकी रहँदा नै भीसीका लागि सरकारले खुल्ला गरेको विज्ञापनमा प्रतिस्पर्धी बनेका छन् । रेक्टरमा डा.साहको भूमिका लोकप्रिय हुन सकेन् । तर भीसीमा उनी सबैभन्दा सशक्त उम्मेदवार मानिएको छ । डा.साह भीसीमा पक्का हुने बताइएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सम्धि विश्वनाथ यादवलाई सहयोग नगर्ने निश्चित भएसँगै डा.साहको नियुक्तिलाई पक्कापक्की मानिएको छ । उच्चस्रोतका अनुसार काठमाण्डुको एउटा होटेलमा भीसीका लागि ४ करोडको डिलिंग भएको बताइएको छ । त्यति बढी रकम एकजना भन्दा बढीले तत्काल तिर्न सक्ने अवस्था रहेको छैन् । प्रदेश सरकारको पूर्ण स्वामित्वमा गठन भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रादेशिक अस्पताललाई गाभिएपछि भीसीका लागि समेत चासो बढेको छ ।

प्रतिष्ठानको प्रमुख अस्पतालको रुपमा नै प्रादेशिक अस्पताललाई सरकारले उपलब्ध गराएको छ । तर अस्पतालमा कार्यरत्त अधिकांश चिकित्सक, स्वास्थ्यकर्मी र रोगीका कुरुवाहरुले समेत प्रतिष्ठानबाट अस्पताललाई अलग्याउनु पर्नेमा जोड दिइरहेका छन् । त्यसका लागि अस्पतालमा कयौं पटक आन्दोलन पनि भइसकेको छ । मधेश प्रदेस सरकार द्विविधामा रहेको बताइएको छ । अस्पताललाई प्रतिष्ठानबाट अलग्याउँदा बिरामीहरुले समुचित स्वास्थ्य उपचार अझ सस्तोमा पाउने दाबी स्वास्थ्यकर्मीहरुले गर्दै आएका छन् ।

अस्पताल अलग भए स्थानीय बासिन्दाहरुले मधेश प्रदेश सरकारकै स्वामित्व भएको दुई फरक र विशेषज्ञ समेतको अस्पतालबाट सेवा पाउन सक्ने छन् । प्रतिष्ठानको भीसी नियुक्तिलाई राजनीतिक र सामाजिक क्षेत्रमा अत्यन्त चासोका साथ हेरिएको छ । ४ करोडमा नियुक्ति हुने अथवा सामान्य लेनदेनको आधारमा नियुक्ति हुने त्यो हेर्न अझै केहीदिन प्रतीक्षा गर्नुपर्ने भएको छ । मधेश प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहले यस सम्बन्धमा मुख खोलेका छैनन् । तर उनी पनि अस्पताललाई प्रतिष्ठानबाट अलग राख्ने मनस्थितिमा पुगेको बताइन्छ ।

ummedwar

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब