साक्षर प्रदेश बनाउने प्रतिबद्धता

  • कार्तिक २१, २०८० | ४३५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशले सोमबार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी संघ, प्रदेश, स्थानीय तह र सरोकारवालाहरुबीच वृहत शिक्षा सम्मेलनमा सहभागी सरोकारवालाहरुले प्रदेशलाई साक्षर बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मधेश प्रदेशको शैक्षिक अवस्था निकै कमजोर रहेकाले अब प्रदेशलाई साक्षर प्रदेश बनाउन तीनै तह गम्भीर भएर लाग्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए । मन्त्री यादवले प्रदेशलाई साक्षर प्रदेश बनाउन प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत समेटेको र मन्त्रालयले बजेटसमेत छुटयाएको जानकारी दिए । उनले प्रदेशलाई साक्षर बनाउन दुई चरणमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

मन्त्री यादवले शिक्षा सम्बन्धी प्रदेशको ऐन र नियमावली पनि चाँडै ल्याउने गृहकार्य भइरहेको बताए । मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने सन्दर्भमा व्यवहारिक र संस्कारिक शिक्षालाई केन्द्र बिन्दुमा राखेर अभियान चलाउन आवश्यक रहेको औंल्याए । मन्त्री यादवले हुनेखानेले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा नपढाउने मानसिकता बोकेका कारण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले यसको कारक तत्वलाई मनन गरी इमान्दारितापूर्वक पठनपाठनको वातावरण बनाउन अग्रसर हुनुपर्ने धारणा राखे ।

शिक्षाको विषय लिएर तीनवटै तहका पदाधिकारीहरुमा एक आपसमा विद्यमान द्वन्द्वलाई समाधान गर्न प्रदेश सरकारले प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने क्रममा रहेको र सो विधेयक पारित भएपश्चात शिक्षक र स्थानीय तहका पदाधिकारीबीचको द्वन्द्व निराकरण हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा चालू आर्थिक वर्षभित्रै प्रदेशलाई साक्षर प्रदेश बनाउने सहितका १० बुँदे प्रतिबद्धता पत्रमा सहभागी स्थानीयतहका जनप्रतिनिधि, कर्मचारी र प्रदेशका मन्त्री तथा सरोकारवालाहरुले हस्ताक्षर गरेका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब