जनप्रतिनिधिको विवादमा हजार बढी कर्मचारी तलवबाट वञ्चित

  • कार्तिक २२, २०८० | ४९७ पटक पढिएको | सीमा संदेश
alt

नेपालीहरुको चाडपर्व उत्कर्षमा रहेको बेला जनप्रतिनिधिहरुको विवादका कारण धनुषाका पाँचवटा पालिकाका एकहजार भन्दा बढी कर्मचारी तलव पाउन सकेका छैनन् । धनुषा जिल्लाका औरही गाउँपालिका, कमला नगरपालिका, मिथिला बिहारी नगरपालिका, जनकनन्दिनी गाउँपालिका र सबैला नगरपालिकाका कर्मचारीहरु चालु आर्थिक वर्षको तलव पाउन सकेका छैनन् ।

खाता नखुल्दा पालिकाको कार्यालय अस्तव्यस्त भएको छ । औरही गाउँपालिकाका प्रमुख र उप– प्रमुख एमालेका छन् । बहुमत कांग्रेससंग रहेको छ । मेयर र उपमेयरले एक प्रकारको बजेट ल्याउँदा बहुमत वडाध्यक्ष र सदस्यहरुले विरोध जनाएपछि असार १० सम्म हुनुपर्ने नगरसभा हुन सकेको छैन् । नगरसभा हुन नसक्दा खाता सञ्चालन भएको छैन् । दुई सय भन्दा बढी कर्मचारीहरु तलव सुविधा पाउन सकेका छैनन् । औरही गाउँपालिकाका प्रमुख उमाशंकर प्रसाद साहले नगरसभा कहिले हुने त्यो आफूलाई थाहा नरहेको बताए । उनले भने–‘ नगरसभा कहिले हुन्छ त्यो मलाई थाहा भएन ।

कर्मचारी तलव खाओस नखाओस आपूmलाई मतलब भएन् ।’ धनुषाको कमला नगरपालिकाले पनि खाता सञ्चालन गर्न सकेको छैन् । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नरहेको र छिट्टै आउने सूचना अधिकारी वीरेन्द्रकुमार सधानले बताए । यहाँ पनि मेयर र उपमेयरबीच विवाद छ । यहाँ मेयर र उपमेयरमा विवाद रहेकै कारण कर्मचारी टिक्दैनन् ।

कर्मचारी आए पनि नगरसभा गर्न कठिनाइ रहेको बताइएको छ । मेयर विशेश्वर यादव र उप मेयर शीला देवी मण्डलबीचको आन्तरिक कलहका कारण नगरपालिकाका दुई सय भन्दा बढी कर्मचारी चालु आर्थिक वर्षदेखि तलव सुविधा पाएका छैनन् । मिथिला बिहारी नगरपालिकामासमेत मेयर र उपमेयरबीचको विवादका कारण नगरसभा हुन सकेको छैन् । मेयर नेपाली कांग्रेसका र उपमेयर नेकपा माओवादी केन्द्रका छन् । दुबैजना गठबन्धनका उम्मेदवार थिए र विजयी पनि भए ।

नगरपालिकामा असार १० भित्र वडास्तरीय योजना नआएका कारण सभा गर्न ढिलाइ भएको थियो । पछि वडाको योजना आएपछि नगरस्तरीय बजेटमा उपमेयर शोभा देवी साहले विवाद झिकेपछि मेयर राजेन्द्रप्रसाद यादवलाई भने समस्या भएको हो । मेयर यादवले नगरस्तरीय बजेट छुट्टयाउँदा त्यसको योजना पेश गर्न उपमेयर साहले भनेपछि त्यहाँ विवाद उत्पन्न भएकै कारण नगरसभा हुन सकेन् । यहाँ पनि दुई सय भन्दा बढी कर्मचारी तलव पाउन सकेका छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले नगरसभा नभएको जानकारी दिँदै दशै बितिसक्यो, दीपावली र छठ आउँदैछ अहिलेसम्म कर्मचारीलाई तलव दिन नसकेको दुःख व्यक्त गरे । जनकनन्दिनी गाउँपलिकामा लेखा अधिकृत नहुँदा त्यहाँको बजेट सूत्रमा हाल्न सकिएको छैन् । त्यसकारण कर्मचारीले तलव पाउन सकेका छैनन् । जनकनन्दिनी गाउँपालिकामा पनि दुई सयको हाराहारीमा कर्मचारी रहेको सूचना अधिकृत ऋषिकेश यादवले बताए । ‘गाउँपालिकाको नगरसभा समयमै भए पनि लेखा अधिकृत नरहेका कारण समस्या आएको हो’ उनले भने, लेखा अधिकृत आएपछि तलव खुवाउने योजनामा गाउँपालिका रहेको छ ।

त्यस्तै सवैला नगरपालिकाले सोमबार बैठक गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलले जानकारी दिए । उनले छिट्टै बजेट सूत्रमा हाल्ने र तलव सुविधा तथा योजनाहरु सञ्चालनमा ल्याउने बताए । सबैलामा पनि जनप्रतिनिधिबीच विवाद रहेकै कारण नगरसभा असार १० भित्र हुन सकेन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नवराज नेपालले १८ मध्ये १३ वटाको नगरसभा सम्पन्न भइ बजेट सूत्रमा हालिएको र पाँच वटा पालिकाले अहिलेसम्म सूत्रमा नआएको जानकारी दिए । उनले गणेशमान चारनाथ नगरपालिका, जनकपुरधाम उप– महानगरपालिका, धनौजी गाउँपालिका, हँसपुर नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, शहीदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका र विदेह नगरपालिकाको बजेट सूत्रमा आइसकेको जानकारी दिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब