आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न अदालतको आदेश

  • कार्तिक २३, २०८० | ६८३ पटक पढिएको | सीमा संदेश
alt

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताव आलमसँग सम्बन्धित मुद्दामा अदालतले बहस नोट पेस गर्न आदेश गरेको छ ।

जिल्ला अदालत रौतहटका अनुसार बहसमा उत्रिएका अधिवक्ताले मुद्दामा गरिएका बहस नोट बनाएर अदालत पेस गर्नुपर्नेछ । नोट अबको १५ दिनभित्र अदालतमा पेस गर्नुपर्नेछ । अदालतले बुधबार बहस नोट १५ दिनभित्र पेस गर्न पक्ष र विपक्षमा बहस गर्ने अधिवक्तालाई आदेश गरेको छ ।

अदालतका स्रेस्तेदार उद्धव ढोडारीले मुद्दामा गरिएका बहस १५ दिनभित्र लिखित नोट बनाएर पेस गर्न अदालतले आदेश गरेको जानकारी दिए । ‘आलमसँग सम्बन्धित मुद्दामा बुधबार पनि बहस भयो । अदालतले अबको १५ दिनभित्र बहस नोट पेस गर्न आदेश गरेको छ । आदेशपछि मुद्दाको पक्ष र विपक्षबाट बहस गर्ने अधिवक्ताले आफूले गरेको बहसको लिखित नोट बनाएर अदालतमा पेस गर्नुपर्नेछ । मुद्दाको फैसला त्यसपछि मात्रै होला,’ उनले भने । मुद्दाको बहस जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मंगलबारदेखि भइरहेको छ । मुद्दामा जटिलता देखिएपछि अदालतले बहस नोट पेस गर्न आदेश दिएको स्रेस्तेदार ढोडारीले बताए । ‘मुद्दा जटिल प्रकृतिको छ । त्यसो हुँदा बहस नोट पेस गर्न भनिएको हो । जटिल मुद्दामा यस प्रकारमा अभ्यास हुने गरेका छन्,’ उनले भने । 

अदालतका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार नै सकिएको थियो । जाहेरीवालातर्फका वकिलको बहस भने बुधबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको थियो । बाँकी रहेका केही वकिलले बुधबार बहस गरेका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब