महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी अभिभावकको जिम्मा लगाइयो

  • कार्तिक २४, २०८० | ५०७ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।

औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । फेला परेका पाँचै जना किशोरीलाई अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ ।

महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया सङ्गीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि परिवारजनले जानकारी गराएका थिए ।

सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलासको क्रममा ढल्केवरमा फेला परेको पछि उनीहरुलाई इलाका प्रहरी कार्यालय गौशला महोत्तरीलाई जिम्मा लगाइएको थियो । किशोरीहरु घर बाट अर्केस्ट्रामा काम गर्ने भनी घरमा कसैलाई जानकारी नदिइ सिरहाको मिर्चैया पुगेका थिए । उनीहरुले मोबाइलमा टिकटकबाट अर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिइ फोन गरेर ढल्केबर पुगेका थिए । उनीहरुलाई अर्केस्ट्राका व्यक्तीले ढल्केवरबाट सिरहाको मिर्चैया लगेका थिए ।

त्यहाँ पुगे पछि किशोरीहरुलाई बुबा आमाको माया र याद आए पछि काम नगर्ने भन्न थालेपछि अर्केस्ट्राको व्यक्तिले पुनः उनीहरुलाई मिर्चैयाबाट घर फिर्ता पठाई दिएका थिए । सोही क्रममा उनीहरु ढल्केवर पुग्दा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो ।

गौशलाका प्रहरी निरीक्षक मनोज यादवलगायत अधिकारकर्मी तथा संचारकर्मीहरुले किशोरीहरुलाई काउन्सिलिङ गरी अभिभावकको जिम्मा लगाएका थिए । महोत्तरीमा यसअघि दुई पटक किशोरीहरू समूह बनाएर घरबाट हिँडेपछि प्रहरीले उद्धार गरेको थियो ।

 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब